www.patranepal.com

पपुलर

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास कञ्चनपुर — अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पुनर्वास नगरपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पुनर्वास नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा १ देखि ११ वडाका वडाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सभापति पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ रहनुभएको थियो भने प्रमुख अतिथिको रूपमा नगर प्रमुख तोय प्रसाद शर्माको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुनर्वास नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शिवराज भट्टले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नीतिहरू, कार्ययोजना तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी दिनुका साथै सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।

शाखा प्रमुख भट्टले ४ वर्षदेखि १३ वर्ष उमेर समूहका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गरी नियमित पठनपाठनमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सबै सरोकारवालालाई सचेत गराउनु आवश्यक रहेको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्माले अंग्रेजी भाषा मात्र शिक्षा होइन भन्ने कुरा स्पष्ट पार्दै निजी क्षेत्रका विद्यालयहरूको आफ्नै भूमिका भए पनि सामुदायिक विद्यालयले पनि छुट्टै पहिचान बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको सुदृढीकरणमार्फत सबै बालबालिकालाई समान अवसरसहित गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले अनिवार्य शिक्षालाई सफल बनाउन अभिभावक, विद्यालय र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका थिए। साथै, विद्यालय बाहिर रहेका बालबालिकालाई पहिचान गरी विद्यालयमा ल्याउने अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिकाका कर्मचारी तथा विपद् व्यवस्थापन शाखाका फोकल पर्सन (सम्पर्क व्यक्ति) ओमनाथ ढकालले गर्नुभएको थियो।

पुनर्वास नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तथा सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

पुनर्वास पनि धान खरिदको काँटा शुभरम्भ- मन्त्री वीरबहादुर थापाद्वारा किसानका हकहितमा सरकार प्रतिबद्ध ।

सन्ध्याकाली तिज विशेष कार्यक्रम बाँसगढिमा हुने !

सन्ध्याकाली तिज विशेष कार्यक्रम बाँसगढिमा हुने !

अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहद्वारा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् ।

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V