www.patranepal.com

पपुलर

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

समाचार प्रकाशित मिति :

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकामा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट स्थानीय नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

पुनर्वास नगरपालिका–९ स्थित वडा कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरको उद्घाटन गर्दै नगर प्रमुख तोय प्रसाद शर्मा ले दुर्गम तथा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकका लागि यस्ता शिविर अत्यन्तै प्रभावकारी हुने उल्लेख गर्नुभयो। उहाँले सशस्त्र प्रहरी बलले आफ्नो पालिकालाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै नं. ७ वैद्यनाथ बाहिनीका निमित्त बाहिनिपति दिग बिजय सुबेदी ले स्थापना दिवसको अवसरमा जनताको स्वास्थ्य सेवामा प्रत्यक्ष योगदान दिन पाउँदा गर्व महसुस भएको बताउनुभयो। उहाँले सशस्त्र प्रहरी केवल सीमा सुरक्षामा मात्र सीमित नरही शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा चोरी–तस्करी नियन्त्रणसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको स्पष्ट पार्नुभयो। “सीमामा बस्ने नागरिक स्वस्थ रहँदा मात्र राष्ट्रको सीमा सुदृढ रहन्छ,” उहाँले भन्नुभयो, “यसै उद्देश्यका साथ सीमा नजिकका बस्तीहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।”

वडा नं. ९ का वडाध्यक्ष नर बहादुर बिक का अनुसार स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा आँखा, स्त्रीरोग, दन्त तथा अन्य सामान्य रोग सम्बन्धी परीक्षण र उपचार सेवा प्रदान गरिएको थियो। शिविरबाट आँखासम्बन्धी समस्याका ४८५, स्त्रीरोगका ७२, दन्त रोगका १३२ तथा अन्य रोगका ८० जना गरी कुल ७६९ जना सेवाग्राही लाभान्वित भएका छन्।

शिविर सञ्चालनमा पुनर्वास नगरपालिका, वडा नं. ९ को कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी तथा सीमा सुरक्षा गुल्म बेलौरीको सहकार्य रहेको थियो।

स्वास्थ्य सेवा लिन आएका स्थानीयवासीहरूले ग्रामीण क्षेत्रमा यस्तो प्रकारको निःशुल्क सेवा अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले आगामी दिनमा पनि सुरक्षाकर्मी, जनप्रतिनिधि तथा सम्बन्धित निकायहरूले जनमैत्री भावनासहित यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

सामाजिक उत्तरदायित्व र जनसेवाको भावनासहित सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधि तथा समाजसेवीहरूबीच समन्वय र सहकार्य सुदृढ हुँदै जाँदा मात्रै जनताको हक–हित सुनिश्चित हुने सरोकारवालाहरूको भनाइ छ। नागरिकको सेवामा समर्पित भई इमान्दारीपूर्वक कार्य गर्ने संस्कार विकास हुनु आजको आवश्यकता भएको सहभागीहरूले औँल्याएका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

निर्मला हत्याकाण्डमा तत्तकालिन आईजिपि सर्वोन्द खनालमाथि अनुसन्धान हुनुपर्छ पत्रकार भण्डारी 

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

महाकाली साहित्य संगमद्वारा गौरा महोत्सवको भव्य उद्घाटन

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V