www.patranepal.com

पपुलर

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

सरस्वती पूजाको अवसर पारेर KBM स्कूलले सुरु गर्‍यो एकदिने निःशुल्क भर्ना अभियान

समाचार प्रकाशित मिति :

सरस्वती पूजाको अवसर पारेर KBM स्कूलले सुरु गर्‍यो एकदिने निःशुल्क भर्ना अभियान

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

श्री कलाम बम मेमोरियल इङ्ग्लिस स्कुल (KBM School) ले अक्षरारम्भ तथा सरस्वती पूजाको शुभ अवसर पारेर एकदिने निःशुल्क भर्ना अभियान सञ्चालन गर्ने भएको छ।

घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा अवस्थित उक्त विद्यालयका प्रिन्सिपल युवराज बमले शुक्रबार आयोजित कार्यक्रममा हुने जानकारी दिँदै सरस्वती पूजाको दिन विद्यालयमा अभिभावक, स्थानीय समुदाय तथा सरोकारवालासँग भेटघाटसहित निःशुल्क भर्ना कार्यक्रम आयोजना गरिएको बताउनुभय

।उहाँका अनुसार शिक्षा र संस्कारको संगमका रूपमा परिचित KBM School ले गुणस्तरीय शिक्षा, व्यवस्थित भौतिक पूर्वाधार तथा समयानुकूल आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै सुदूरपश्चिमकै नमुना विद्यालयका रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।

“आगामी शैक्षिक सत्रका लागि अभिभावकहरूले आफ्ना नानीबाबुलाई विद्यालयमा भर्ना गराई सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण सुनिश्चित गर्न सक्नुहुन्छ,” प्रिन्सिपल बमले भन्नुभयो।

उक्त कार्यक्रममा विद्यालयका अभिभावक, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक व्यक्तित्व, बुद्धिजीवी, समाजसेवी, खेलप्रेमी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ। सहभागीहरूले विद्यालयको शैक्षिक उन्नयन र गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि आफ्ना सुझाव र विचार प्रस्तुत गर्नेछन्।

प्रिन्सिपल बमले विद्यालय परिवारले सरस्वती पूजाको अवसरमा आयोजना गरिएको भर्ना अभियानलाई भव्य र सभ्य रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका सञ्चालक तथा प्रिन्सिपल युवराज बमका अनुसार हाल विद्यालयमा नर्सरी कक्षादेखि कक्षा १० सम्म अध्यापन गराइँदै आएको छ। उहाँले आगामी दिनमा विद्यालयलाई प्लस टुसम्म विस्तार गर्ने लक्ष्य रहेको जानकारी पनि दिनुभयो।

विद्यालयले विगतदेखि नै हरितालिका तीज, बडा दशैं, दीपावली, छठ पर्व, राना थारु समुदायको माघी मिलन, होली मिलनलगायत विभिन्न जाति, भाषा र संस्कृतिसँग सम्बन्धित पर्वहरू मनाउँदै आएको उहाँले जानकारी दिनुभयो। यसले विद्यार्थीहरूमा सांस्कृतिक चेतना र सामाजिक सद्भाव विकास गर्न सहयोग पुगेको बताउनुभयो।

त्यसैगरी विद्यालयले वार्षिक उत्सव, राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय प्रतियोगिता, खेलकुद, संस्कृति तथा शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको विद्यालय परिवारको भनाइ छ।

विद्यालयकी शिक्षिका तथा कर्मचारी सुमित्रा एस.के.ले विद्यार्थीको शैक्षिक नतिजा सुधार, विद्यालयको चौतर्फी विकास तथा शिक्षा क्षेत्रमा विद्यालयले पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराउनुभयो। उहाँले आफूलाई केवल शिक्षक मात्र नभई विद्यालयको अभिभावकका रूपमा समेत जिम्मेवार ठानी विद्यार्थीहरूसँग हातेमालो गर्दै गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको बताउनुभयो।

शिक्षा क्षेत्रको प्रवर्द्धन र सरस्वती पूजाको अवसरलाई विशेष बनाउँदै विद्यालयले आयोजना गरेको एकदिने निःशुल्क भर्ना तथा अभिभावक भेटघाट कार्यक्रमलाई सफल बनाउन विद्यालय परिवारले सबैमा सहभागिताको आग्रह गरेको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V