www.patranepal.com

पपुलर

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ — साँझ ५ बजेसम्मको अन्तिम मतदान अपडेट

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

समाचार प्रकाशित मिति :

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर — “आर्थिक समृद्धिको आधार लघु उद्यममार्फत रोजगारी” भन्ने नारासहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत पुनर्वास नगरपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि उद्यमशीलता तथा मेड मोडेलसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार पुनर्वास नगरपालिकाको सभाहलमा आयोजना गरिएको हो। कार्यक्रम पुनर्वास नगरपालिका अन्तर्गतको उद्यम तथा रोजगार शाखाले आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले लघु उद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाशक्ति तथा विपन्न वर्गलाई उद्यमशीलतामा जोड्न सकेमा गरिबी न्यूनीकरणसँगै स्थानीय अर्थतन्त्र पनि मजबुत बन्ने बताउनुभयो।

“सरकारले ल्याएको मेडपा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर बेरोजगार युवालाई सीप र रोजगारीसँग जोड्न नगरपालिकाले प्राथमिकता दिएको छ,” नगर प्रमुख शर्माले भन्नुभयो। उहाँका अनुसार नगरपालिकाले वार्षिक रूपमा करिब २५० जनालाई उद्यमशीलतासम्बन्धी तालिम प्रदान गर्दै आएको छ।

उद्यम तथा रोजगार शाखाका प्रमुख कृष्ण भट्टले मेडपा कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा उद्यमी छनोटका मापदण्डबारे जानकारी दिनुभयो। उहाँले स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमले सीप, पूँजी र बजारसँग जोड्दै वास्तविक उद्यमी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो। “लघु उद्यमलाई प्रवर्द्धन गरेर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो,” भट्टले भन्नुभयो।

कार्यक्रमका प्रशिक्षक तथा उद्यम विकास विशेषज्ञ भीमबहादुर बिष्टले उद्यमशीलताको अवधारणा, मेड मोडेल तथा व्यवसाय सुरु गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे प्रशिक्षण दिनुभयो। उहाँले उद्यम सञ्चालन गर्दा बजार अध्ययन, सीप विकास, व्यवस्थापन क्षमता र निरन्तरताको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। “साना उद्यमलाई व्यवस्थित रूपमा अघि बढाउन सके ठूलो आर्थिक परिवर्तन सम्भव हुन्छ,” बिष्टले बताउनुभयो।

कार्यक्रममा नगरपालिकाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सम्भावित उद्यमीहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणमार्फत मेडपा कार्यक्रमबारे स्पष्ट जानकारी प्राप्त भएको सहभागीहरूको प्रतिक्रिया रहेको छ। पुनर्वास नगरपालिकाले आगामी दिनमा मेडपा कार्यक्रममार्फत विभिन्न सीपमूलक तालिम, उद्यम स्थापना तथा रोजगारी सिर्जनाका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V