www.patranepal.com

पपुलर

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ — साँझ ५ बजेसम्मको अन्तिम मतदान अपडेट

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

समाचार प्रकाशित मिति :

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर पुनर्वास फागुन १५

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसान लक्षित कार्यक्रमहरूलाई तीव्रता दिएको छ। मन्त्री वीरबहादुर थापाको नेतृत्वमा आगामी आर्थिक वर्षदेखि “किसानको पसिनाको मूल्य सुनिश्चित गर्ने र बिचौलिया प्रथा अन्त्य गर्ने” प्रतिबद्धतासहित कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, भूमि व्यवस्थापन र सहकारी सुधारलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले कञ्चनपुर र कैलालीका विभिन्न पूर्वाधार योजनाका लागि विनियोजित बजेट पारित गरिसकेको छ भने केही योजनाको ठेक्का स्वीकृत भइसकेको जानकारी दिइएको छ। पारित बजेट अनुसार कञ्चनपुर र कैलालीका सडक तथा पूर्वाधार योजनामा जम्मा रु. २,१९,१८,२२९.६७ विनियोजन गरिएको छ।

पारित तथा ठेक्का स्वीकृत योजनाअन्तर्गत:पुनर्वास न.पा.–१ गणेश बस्ती–आम्रैया–चिनीमिल खेत सडक (कञ्चनपुर) – रु. २४,३८,३३५.१२लालझाडी गा.पा.–४ बाल्मी पुलदेखि पर्सिया अधुरो सडक (कञ्चनपुर) – रु. २४,३४,६१४.९८जानकी–६ सुवर्णपुर उत्तरपूर्वादेखि जानकी–१ महेन्द्र शिशु जोड्ने सडक कालोपत्रे (कैलाली) – रु. २४,२६,८३८.३७पुनर्वास–१ र बेलौरी न.पा. सिमाना छुट्याउने सडक कालोपत्रे (कञ्चनपुर) – रु. २४,३४,०२०.७५पुनर्वास–११ डोकेबजार दोदादेखि पुनर्वास–५ सिमरीसम्म सडकबत्ती जडान (कञ्चनपुर) – रु. २४,३६,६७२.२७बेलौरी न.पा. धुमुली चोक–गौरा मन्दिर हुँदै राना टोल सडक कालोपत्रे – रु. ९७,४७,७४८.१८

विशेषगरी डोकेबजार–दोदा–प्रवास क्षेत्रमा सडकबत्ती अभावबारे आएको जनगुनासो सम्बोधन गर्दै मन्त्री थापाको पहलमा बजेट पारित भई ठेक्का स्वीकृत भइसकेको र एक महिनाभित्र काम सुरु गरिने जनाइएको छ।

सिँचाइतर्फ पनि राहत कार्यक्रम अघि बढाइएको छ। कृषि ज्ञानकेन्द्र कञ्चनपुरमार्फत घरदैलोमै पुगेर सिँचाइ फर्म संकलन गरिएको छ। पुनर्वास नगरपालिकामा १३४ जना किसानको साना सिँचाइ फर्म स्वीकृत भएको छ भने लालझाडी गाउँपालिकामा ८५ जना किसानले साना सिँचाइ मोटरसेट पाउने भएका छन्।

त्यसैगरी हल्दी पकेट कार्यक्रम, फलफूल तथा तरकारी प्रवर्द्धन, किटाणु औषधि वितरण तथा शीतलहरबाट हुने क्षति न्यूनीकरणका लागि आधुनिक टहरा निर्माणमा सहुलियत प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

महिला सशक्तीकरणअन्तर्गत उत्पादन गरेका सागसब्जीको बजारीकरण सहज बनाउन एकल महिलालाई निःशुल्क इलेक्ट्रोनिक हाते तराजु र साइकल वितरण गरिएको छ। यसबाट महिला उद्यमशीलता र आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ।

किसानलाई सिधै बजारसँग जोड्न कृषि हाटबजारको अनुगमन तथा स्तरीकरणलाई प्राथमिकता दिइएको छ। पशुपंक्षी, माछापालन तथा मासुजन्य उत्पादन व्यवस्थित गर्न टहरा निर्माण तथा हाटबजार पूर्वाधार विकासका लागि समेत बजेट पारित भइसकेको छ।

भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय गरी काम अघि बढाइने तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि कडा नियमन लागू गरिने मन्त्री थापाले स्पष्ट पारेका छन्।

समग्रमा बजेट पारित र ठेक्का स्वीकृत भएसँगै सुदूरपश्चिममा कृषि आधुनिकीकरण, पूर्वाधार विकास र किसान सशक्तीकरणका कार्यक्रमहरू कार्यान्वयन चरणमा प्रवेश गरेका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबरका स्थानीय वासिन्दाहरूको बाढी र डुबानबाट जोगिने खेप्दै छन…

बेलौरीमा ‘मेयर कप’ कि ‘कुटपिट कप’ ? प्रतिभावान खेलाडी करन पालमाथि सांघातिक आक्रमण

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप सुरु

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V