www.patranepal.com

पपुलर

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा पुनः सुनुवाइका लागि पेशीमा चढेको छ।

सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

समाचार प्रकाशित मिति :

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

काठमाडौँ — दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता फागुन १४ देखि हुने भएको छ  । फागुन २१ सम्म चल्ने प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजनका क्लबसहित ८ टोलीले सहभागिता जनाउने आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले बताए ।

प्रतियोगितामा थ्रीस्टार, मछिन्द्र, हिमालयन शेर्पा, संकटा क्लबसहित हनामी भरतपुर एफसी, झापा ११, जोङ्री एफसी सिक्किम र आयोजक कपिलवस्तु ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । अध्यक्ष थापाले फाइनलपछि डालोमा राखेर पुरस्कार दिइने बताए । उत्कृष्ट खेलाडीलाई ५० हजार, विधागत उत्कृष्ट खेलाडीले जनही ३० हजार र प्रत्येक खेलका म्यान अफ म्याचले १० हजार पाउनेछन् ।

गत वर्ष भरतपुरले उपाधि जितेको थियो । कपिलवस्तु र ऐतिहासिक गौतम बुद्धको जन्मस्थल तिलौराकोट र स्थानीय पर्यटकीय महत्वको क्षेत्रलाई प्रवर्द्धन गर्न र चिनाउन मदत पुग्ने विश्वाससहित आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि करिब १ करोड १८ लाख खर्च हुने आयोजकको अनुमान छ । गत वर्ष ७ लाख २५ हजार घाटामा गएको प्रतियोगिताबाट अझै ९ लाख उठ्न बाँकी रहेको अध्यक्ष थापाले बताए । बुद्ध रंगशालामा हुने प्रतियोगितामा प्रत्येक दिन ७ देखि १० हजार दर्शक आउने अनुमान छ । टिकटबाट १५ देखि २० लाख उठ्ने विश्वास अध्यक्ष थापाको छ । रंगशाला घेरेर अस्थायी प्यारापिट बनाउने आयोजकको तयारी छ ।

प्रतियोगिताको संरक्षकको रूपमा बाणगंगा, बुद्धभूमि, शिवराज, कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिका तथा प्रदेश खेलकुद परिषद लुम्बिनी रहेका छन् । लुम्बिनी प्रदेशले २० लाखभन्दा बढी सहयोग गर्ने लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बताए । उनले नगदको हिसाबमा यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो प्रतियोगिता भएको दाबी गरे ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

गृहमन्त्री लेखकले दिए राजीनामा 

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बेलौरीमा ‘मेयर कप’ कि ‘कुटपिट कप’ ? प्रतिभावान खेलाडी करन पालमाथि सांघातिक आक्रमण

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् ।

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V