www.patranepal.com

Edit Template
ताजा समाचार

बेलौरीमा ‘मेयर कप’ कि ‘कुटपिट कप’ ? प्रतिभावान खेलाडी करन पालमाथि सांघातिक आक्रमण

समाचार प्रकाशित मिति :

बेलौरीमा ‘मेयर कप’ कि ‘कुटपिट कप’ ? प्रतिभावान खेलाडी करन पालमाथि सांघातिक आक्रमण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

बेलौरी । बेलौरी नगर खेलकुद समितिद्वारा १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको वडा-स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि भएको निर्मम कुटपिटले समग्र प्रतियोगिताको व्यवस्थापन नै प्रश्नचिह्नमा पारेको छ।

कञ्चनपुर क्षेत्र नं. १ का प्रतिभाशाली खेलाडी करन पाल हिजो वडा नं. १० र वडा नं. १ बीचको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफतिर अचानक आक्रमणको शिकार बने। ‘हेण्ड’ बलको निर्णयलाई लिएर सुरु भएको विवादपछि वडा नं. १ तर्फका केही समर्थक र खेलाडी नै मैदानमा प्रवेश गर्दै पालमाथि सामूहिक रूपमा कुटपिट गरेको आरोप लगिएको छ।

गम्भीर घाइते पाललाई माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ। परिवारका अनुसार उनको आँखाको हड्डी र नाकको हड्डी भाँचिएको छ र शल्यक्रिया (अपरेसन) को तयारी भइरहेको छ। खेलमै मैदान छिर्ने हुलदंगा रोक्न नसक्नु र सुरक्षा सुनिश्चित नगरिनु आयोजक समितिको लापरवाही मानिएको छ।

स्थानीय खेल प्रेमीहरूको आरोप छ, “खेलकुद प्रवर्द्धन होइन, बजेट कुम्ल्याउने बहानामा आयोजना गरिएको प्रतियोगिता जस्तो व्यवहार समितिले देखाएको छ।” खेलाडी अस्पतालमा छट्पटाइरहँदा आयोजक समितिले राहत व्यवस्थाबारे कुनै स्पष्टता नदिएको भन्दै पीडित पक्षले गुनासो व्यक्त गरेका छन्।

पछिल्ला वर्षहरूमा बेलौरीमा आयोजना हुने स्थानीय प्रतियोगितामा बारम्बार विवाद, दुव्र्यवहार र कुटपिट घटना दोहोरिन थालेपछि खेलकुद समितिको भूमिका र क्षमता दुवैप्रति प्रश्न उठ्न थालेको खेलप्रेमीहरूको टिप्पणी छ। खेल अनुशासन कायम गर्न नसक्नेहरूबाट खेल सञ्चालनको औचित्य नै समाप्त हुने उनीहरूको तर्क छ।

स्थानीय स्तरमा प्रतिभा विकास गर्ने भनिएको मेयर कप यस्ता घटनापछि उल्टै खेलाडीका लागि भय र त्रासको मैदान बनेको खेलकुद विश्लेषकहरूले बताएका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा पुनः सुनुवाइका लागि पेशीमा चढेको छ।

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

आठौँ नगस्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न 

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V