www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

समाचार प्रकाशित मिति :

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

चितवन — नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताए ।

 ‘पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।’ व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ । उनले भने, ‘पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।’

माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।

अर्को प्रसंगमा पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको उनले बताए । उनले भने, ‘पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ ।’ विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।

सरकारले ल्याएको अध्यादेश पास गर्ने विषयमा विपक्षी दलहरुसँग छलफल भइरहेको उनले बताए । उनले भने, ‘पाँच वटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेकबाट पास हुन्छ ।’

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, नविन शर्मा कोषाध्यक्षमा निर्वाचित

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

बाँसगढिमा रक्तदान कार्यक्रम सम्म्पन !

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

पुनर्वासमा मध्यराति जुवाखालमा प्रहरीको छापा, पाँच जना पक्राउ

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V