www.patranepal.com

पपुलर

बाघको आक्रमणबाट पुनर्वासमा एक जनाको मृत्यु

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासबाटै जग्गा खरिद–बिक्री सेवा सुरु, सेवाग्राहीमा बढ्यो खुसी

समाचार प्रकाशित मिति :

पुनर्वासबाटै जग्गा खरिद–बिक्री सेवा सुरु, सेवाग्राहीमा बढ्यो खुसी

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर — पुनर्वास नगरपालिकाबाटै जग्गा खरिद–बिक्री तथा भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएपछि स्थानीय सेवाग्राही उत्साहित भएका छन्। नगरपालिकाले भूमि व्यवस्थापन शाखामार्फत सेवा सञ्चालनमा ल्याएसँगै पहिलो चरणमा पुनर्वास–६ (साबिक त्रिभुवनवस्ती–१) को जग्गा खरिदकर्ता जीवन सार्की र बिक्रीकर्ता जानकी देवी ओझाबाट जग्गा कारोबार सुरु गरिएको हो।

यसअघि भूमि प्रशासनसम्बन्धी कामका लागि सेवाग्राही छिमेकी नगरपालिका बेलौरीस्थित कार्यालय पुग्नुपर्ने बाध्यता थियो। आफ्नै नगरपालिकाबाट सेवा सुरु भएपछि यातायात खर्च, समय र अनावश्यक झन्झट कम भएको सेवाग्राहीले बताएका छन्।

नगरप्रमुख तोयप्रसाद शर्माले आफ्नै नगरपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न पाउनु गौरवको विषय भएको बताउँदै सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

भूमि व्यवस्थापन शाखामार्फत पहिलो चरणमा जग्गा लिखत पास, राजस्व सङ्कलन, बायोमेट्रिक्स, औँठाछाप, फोटो तथा सङ्केत नम्बरसम्बन्धी कार्य र कित्ताकाट गर्न नपर्ने पूरा कित्ताको कारोबारलगायतका सेवा सञ्चालनमा ल्याइएको छ।

नापी अधिकृतको व्यवस्था भएपछि नाप–नक्सासम्बन्धी सेवा पनि पुनर्वासबाटै सुरु गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ। मुद्दा तथा रोक्कालगायतका कार्य भने तत्कालका लागि बेलौरीबाटै सञ्चालन हुनेछन्।

स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु भएपछि पुनर्वास नगरपालिकाका ११ वटै वडाका सेवाग्राहीले भूमि कारोबारका लागि बेलौरी धाउनुपर्ने बाध्यता हटेको छ। यसबाट समय र खर्चको बचतसँगै सेवा प्रवाह थप सहज, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

रामसय राना
रामसय राना
सुदूरपश्चिम प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V