www.patranepal.com

पपुलर

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

सहकारीका समस्या चुनौती र अवसर विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न !

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

समाचार प्रकाशित मिति :

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड१२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

पुनर्वास, कञ्चनपुर।कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारी नगर स्तरीय छैटौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पदक तालिकामा श्री जीवन ज्योति माध्यमिक विद्यालय शीर्ष स्थानमा रहेको छ।

प्रतियोगिताको पछिल्लो नतिजाअनुसार जीवन ज्योति मा.वि. ले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १२ पदक जित्दै पदक तालिकाको अग्रस्थान ओगट्न सफल भएको हो। नगरपालिकाभित्रका २६ विद्यालय सहभागी प्रतियोगितामा समग्र पदक संख्याका आधारमा जीवन ज्योति मा.वि. ले वर्चस्व कायम गरेको छ।

यद्यपि, स्वर्ण पदकको संख्याका आधारमा भने श्री विजय माध्यमिक विद्यालय सबैभन्दा अगाडि देखिएको छ। विजय मा.वि. ले ८ स्वर्ण र १ कास्य गरी कुल ९ पदक जितेको छ।प्रतिस्पर्धा तीव्र, १० विद्यालय अझै पदकविहीन पदक तालिकाअनुसार श्री बागेश्वरी माध्यमिक विद्यालयले स्वर्ण पदक नजिते पनि ६ रजत र २ कास्यसहित कुल ८ पदक हात पार्दै उल्लेखनीय उपस्थिति जनाएको छ।

त्यस्तै, श्री गौरीशंकर मा.वि. र श्री सरस्वती मा.वि. ले समान १ स्वर्ण, २ रजत र २ कास्य पदक जितेका छन्। श्री बाल बागेश्वरी मा.वि. ले २ स्वर्ण पदक प्राप्त गरेको छ भने खप्तड इ.बो. स्कुल र अरेन्ट इ.बो. स्कुलले ४–४ पदक हात पारेका छन्।

अर्कोतर्फ, सिद्धनाथ विद्या निकेतन, सिद्धार्थ पब्लिक स्कुल, भानु मेमोरियल, बालरूपान्तरण, रामबुद्ध माध्यमिक विद्यालय तथा ए.जी. इ.बो. स्कुलसहित १० वटा विद्यालय हालसम्म पदकविहीन रहेका छन्।

खेलकुद विकासको आधार नगरपालिका स्तरीय खेलकुद समितिको आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताले स्थानीय तहका प्रतिभावान खेलाडीहरूको पहिचान तथा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। विद्यालयका प्रधानाध्यापक तथा नगर खेलकुद पदाधिकारीहरूको उपस्थितिमा दैनिक रूपमा पदक तालिका अद्यावधिक हुँदै आएको छ।

आयोजकका अनुसार प्रतियोगिताका केही खेलहरू अझै बाँकी रहेकाले ती खेलहरू भोलि समापन दिनमा सम्पन्न हुनेछन्। प्रतियोगिताको औपचारिक समापन कार्यक्रम भोलि अपराह्न ३ बजे आयोजना हुने जानकारी पनि आयोजकले गराएका छन्।

उद्घाटन कार्यक्रम कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थित पूर्वाधारयुक्त पुनर्वास नगरपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को उद्घाटन पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा ले प्रमुख अतिथिको आसनबाट गर्नुभएको थियो।

कार्यक्रम नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्र सिंह लामा को अध्यक्षतामा सम्पन्न भएको हो।१५०० मिटर दौड छात्रतर्फ भएको प्रतिस्पर्धामा श्री जीवन ज्योति माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ भने श्री गौरीशंकर माध्यमिक विद्यालय दोस्रो स्थानमा रहँदा श्री जीवन ज्योति माध्यमिक विद्यालय नै तेस्रो स्थानमा रहन सफल भएको छ।त्यसैगरी १५०० मिटर दौड छात्रातर्फ भएको प्रतिस्पर्धामा पुनर्वास जनता माध्यमिक विद्यालय प्रथम स्थानमा रहँदा श्री जीवन ज्योति माध्यमिक विद्यालय दोस्रो र श्री विजय माध्यमिक विद्यालय तेस्रो स्थानमा रहन सफल भएका छन्।

मार्चपास प्रतियोगितातर्फ दुर्गा माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी पुनर्वास जनता माध्यमिक विद्यालय दोस्रो स्थानमा रहँदा सरस्वती माध्यमिक विद्यालय र जीवन ज्योति माध्यमिक विद्यालय संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्।

कार्यक्रमका सदस्य सचिव तथा जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत कुमार बस्नेतले प्रतियोगिताको उद्देश्य, सञ्चालन प्रक्रिया तथा समापन कार्यक्रमबारे जानकारी गराउनुभएको थियो।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

दोस्रो नाइन–साइड पच शिल्ड फुटबल प्रतियोगिता रुपनीमा सुरु

सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V