www.patranepal.com

पपुलर

कम्युनिस्ट नेतृत्वकै सरकारमा दलित प्रतिनिधित्व शून्य : समावेशितामाथि गम्भीर प्रश्न

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

खेम राज जोशी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त, ६३ उपसचिव खटाइए

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

समाचार प्रकाशित मिति :

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

काठमाडौं । संसद र सडकबाटै सरकारविरुद्ध विपक्षीको घेराबन्दी र प्रहार जारी छ । मुख्यतः अध्यादेश तथा शुसासनका सवालमाा ओली सरकारमाथि प्रश्नै प्रश्न छन् । त्यस्तै सरकारले चालेको कदम र गरेका निर्णयहरुलाई लिएर विपक्षीहरुले प्रधानमन्त्री ओलीमाथि घेराबन्दी गरिरहेका छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओली रक्षात्मक बन्दै आएका छन् । खासगरी वर्तमान सरकार अध्यादेश र भ्रष्टाचारकै सवालमा प्रश्नरहित बन्न नसकिरहेको हो । यस्तो अवस्थामा सत्ता साझेदार दलहरुले पनि प्रधानमन्त्रीमाथिको कदमप्रति भागेदार बन्नुपरिरहेको छ । यद्यपि काँग्रेसको एक पक्षले सरकारको कदमको खुलेरै विरोध गरिरहेको देखिन्छ ।

सरकराले भ्रष्टहरुलाई जोगाएको तथा त्यस्ता कैयन मुद्धाहरुमा आरोपीहरुलाई नै पश्रय दिइएको भन्दै आलोचना बढ्दो छ । यी प्रश्न तथा आलोचनाहरुले पनि ओली सरकार नैतिक संकटमै रहेको भन्न सकिन्छ ।

सरकराले संसदको हिउँदे अधिवेशन बस्नुभन्दा केही दिनअघि मात्रै ६ अध्यादेश ल्याएको थियो । यसमा पनि विपक्षीहरु कडा आलोचनामा उत्रिए । यो अध्यादेश प्रतिनिधिसभाबाट पास हुने निश्चित भएपनि राष्ट्रियसभाबाट भने पास हुने संभावना छैन ।

प्रतिनिसभामा सत्ता पक्षको स्पष्ट बहुमत छ । तर राष्ट्रियसभामा कमजोर रहेका सत्तारुढ दल काँग्रेस एमालेका लागि जसपा नेपालको सहयोग अनिवार्य थियो । यद्यपि ३ सिट भएको जसपा नेपालले भूमी सम्बन्धी अध्यादेशलाई भने अस्वीकार गर्ने निर्णय गरिसकेको छ । यसकारण अध्यादेश पारित हुने संभावना देखिँदैन ।

सत्ता पक्षिय दलको पनि विमत्ति

अध्यादेशका विषयमा विभिन्न तर्क वितर्कहरु आइरहेका बेला सत्तामै रहेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ । लोसपाले विज्ञप्ति नै जारी गरेर भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरित रहेको भन्दै उक्त अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै सीके राउत नेतृत्वको पार्टी जनमत र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि अध्यादेशको विपक्षमा रहने तयारी गरिरहेका छन् । यो अवस्थाम अब अध्यादेश के होला ? अध्यादेश फेल भए सरकारले के गर्ला ? भन्ने प्रश्न पनि उठिरहेका छन् । यदी राष्ट्रियसभाबाट उक्त अधादेश पास नभएको अवस्थामा सरकारसँग प्रतिस्थापन विद्येयक ल्याउनुबाहेक विकल्प हुने छैन । तर यो सँगै सरकारसामु नैतिक संकट पनि आइपर्नेछ ।

त्यस्तै अध्यादेश तथा अन्य सरकारका कदमहरुका कारण पनि गठबन्धनमा संकट पैदा आउन सक्ने आंकलन गरिँदै आएको छ । यद्यपि काँग्रेस महामन्त्री गगन थापाले भने वर्तमान सरकारलाई संकटबाट उतार्नुपर्ने धारणा अभिव्यक्त गरिरहेका छन् ।

वर्तमान अवस्थामा मुलुक संचालनका लागि काँग्रेस एमालेकै गठबन्धनको विकल्प नरहेको महामन्त्री थापाले जिकिर गरिरहेका छन् । जसका लागि दुई दलबीच भएको सहमति अनुसारको आधा–आधा कार्यकाल सरकार संचालन गरेरै समयको सदुपयोग पर्ने गगनले अडान लिइरहेका छन् ।

गगनको यो टिप्पणीले ओलीमाथिका संकट र प्रश्नलाई हल गर्न काँग्रेसले पनि सहजिकरण गर्ने तथा त्यसको भागेदार बन्ने संकेत गरेको छ । गत असारमा बनेको काँग्रेस र एमालेको गठबन्धनले ७ बुँदे समझदारी गरेको थियो ।

जसमा संसदको आधा आधा कार्यकाल सरकार चलाउने लगायतका सहमति छन् । हाल सरकारमाथि विभिन्न संकट तथा प्रश्न उठेपनि अहिलेसम्म उक्त समझदारी कार्यान्वयन गर्न दुवै पक्ष तयार नै देखिन्छन् ।

वर्तमान अवस्थामा अध्यादेश तथा सरकारको कामकारवाहीमाथि प्रश्न उठेपनि एमालेसँग संयुतm रुपमै जवाफ दिन काँग्रेस नेतृत्वसमेत सहमत देखिन्छ । जसका कारण सरकार तत्काल संकटमा पर्ने खतरा देखिँदैन ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बेलौरी:नगर उप प्रमुख चौधरीको संयोजकत्वमा बजारमा अनुगमन,अखाद्य वस्तु जफत

बेलौरी:नगर उप प्रमुख चौधरीको संयोजकत्वमा बजारमा अनुगमन,अखाद्य वस्तु जफत

५८ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने लाई सम्मान

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

‘भ्यालेन्टाइन्स डे’ को रात फिदिममा रिदम ब्याण्डसँगै गुञ्जिए दीपक बज्राचार्य

नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, नविन शर्मा कोषाध्यक्षमा निर्वाचित

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V