www.patranepal.com

पपुलर

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

समाचार प्रकाशित मिति :

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

धनसिह धामी कञ्चनपुर, २२भदौँ

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन । संघको १५औँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन ।

अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी निरञ्जन प्रशाद भट्ट १७मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । अवस्थीले १सय ४८ र भट्टले १सय ३२ मत ल्याएका थिए । यस अघि १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई हराएका थिए । अध्यक्षका लागि प्रथम प्रयासमा भट्टसंग अवस्थी ४२मतले पराजित भएका थिए, भने अहिले अवस्थीसंग भट्ट १७मतले पराजित भएका हुन ।

बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । चन्दले १सय ६९ बमले १सय ७मत ल्याएका थिए । यस अघि सदस्य, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै भावि नेतृत्वकै प्रबल दाबेदारकै रुपमा हेरिन थालिएको छ ।

उपाध्यक्षमा भट्ट प्यानलका दीपक भट्टलाई अवस्थी प्यानलका यज्ञराज बैजले १६मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १सय ३२ र बैजले १सय ४८मत ल्याएका छन ।

महासचिवका अवस्थी प्यानलकै देवीदत्त भट्ट निर्वाचित भएका छन । उनले आफ्ना निकटतम प्रतिस्पर्धी योगेन्द्र बहादुर ठगुराठीलाई ५२मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका हुन । भट्टले १सय ६६, ठगुराठीले १सय १४ मत ल्याएका छन ।

सहकोषाध्यक्षमा भट्ट प्यानलका हेम बहादुर महरा निर्वाचित भएका छन । उनले अवस्थी प्यानलका चित्र कार्की र स्वतन्त्र पदमराज भट्टलाई हराउँदै सहकोषाध्यक्षमा निर्वाचित भएका हुन ।

महराले भट्टलाई ५४, कार्कीलाई ७९मतको अन्तरले हराउँदै सहकोषाध्यक्षमा निर्वाचित भएका हुन । महराले १सय ३५, भट्टले ८१ र कार्कीले ५६ मत ल्याएका छन । महरा यस अघि सदस्यमा पराजित भएपछि सिधै अहिले पदाधिकारीमा हानिएका हुन । यस अघि भट्ट प्यानलबाट सचिवमा वृजिकिशोर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द निर्बिरोध निर्वाचित भएका थिए ।

सदस्य तर्फ पहिलो प्रयासमै नविन चन्द१५८मत ल्याएर निर्वाचित भएका छन । यस्तै दोस्रो प्रयासमा दिपक कार्की(दिपीन) १७०मत ल्याएर निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा गणेश सुवेदी १९०, चन्द्रसिह कार्की १४३, मनिराम रेग्मी १४७, महेश जोशी १७२ र सन्तोष खत्री १५२मत ल्याएर सदस्यमा निर्वाचित भएका छन । संघमा कुल २९८मतदाता रहेका थिए । दोस्रो प्रयासमा संघको अध्यक्षमा निर्वाचित भएका पुष्पराज अवस्थीले अब संघलाई एकढिक्का मिलाएर सबै व्यवसायीहरुको व्यवसायिक हकहितमा अघि बढाउने प्रतिज्ञा गरेका छन । गृहमन्त्री समेत रहेका संघका पुर्व कानुनी सल्लाहकार रमेश लेखकको प्रमुख आथित्यमा अधिवेशन उद्घाटन गरिएको थियो । निर्वाचित पदाधिकारी सदस्यहरुलाई केही समयपछि पदभारदेखि प्रमाण पत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

पुनर्वास नगरपालिकाको सामुदायिक विद्यालयमा यसरी सुधार गर्न सकिन्छ

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V