हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
बर्दिया / नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बर्दियाले बाँसगढिको नेरा मा बि मा दर कार्यक्रम बधाई तथा सम्मान एवम् तीज विशेष कार्यक्रम भव्यरुपमा सम्पन्न भएकाे छ ।बर्दिया जिल्ला तथा पालिकामा SEE मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी भाइ बहिनि तथा अभिभावक सम्मान गरिएको थियो ।कार्यक्रको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक सगठन बाँसगढी अध्यक्ष खगेन्द्र बहादुर चन्दले गर्नु भएको थियो ।प्रमुखअतिथी बाँसगढी नगरपालिका प्रमुख खडक बहादुर खडका त्यसैगरी विशेष अतिथी नेपाल राष्ट्रिय शिक्षक सगठन बर्दिया जिल्ला अध्यक्ष फणीन्द्र प्रसाद ढुंगाना अन्य पदाधिकारी र सगठनमा आबद्ध शिक्षिका को सहभागिता थियो ।
उक्त कार्यक्रम मा बोल्दै नगर प्रमुख खडक बहादुर खडकाले म आफु यस संगठनकाे पुर्व सदस्य को कारणले यस संगठन प्रती माया, स्नेह लगाव र मन जाेडिएकाे छ ! शिक्षा क्षेत्रकाे गुणस्तरका लागि केही नयाँ याेजना भए दिनुस हामी तयार रहेका छाै भन्नू भयो ।
त्यसै गरि उक्त कार्यक्रममा बोल्दै सभा अध्यक्ष चन्द ले यस सङगठनकाे बाँसगढी नगरपालिकामा छुटै नाम रहेकाे यहि संगठनले माग गरेर अहिले बाँसगढी नगरपालिकाले नगर अनुदानका शिक्षकलाई सामाजिक सुरक्षा काेषमा लगेको हाम्रो मागलाई पालिकाले आत्मसात गरि यस बर्षबाट नगरअनुदानका शिक्षकहरूलाई सामाजिक सुरक्षा काेषमा जाेडिएकाे जोडेको समेत बताउनु भयो सम्पुर्ण शिक्षक को माग र मुद्दालाई आत्मसात गरेर अगाडि बढने तथा सबै महिला शिक्षिका तिज को शुभकामना समेत विशेष अतिथी फणिद्र प्रसाद ढुंगानाले दिनु भयेको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V