www.patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

समाचार प्रकाशित मिति :

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

पुनर्वास नगरपालिका कञ्चनपुरको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन बुधबार विविध कार्यक्रमसहित नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको सुरुआत स्वागत मन्तव्यबाट गरिएको थियो। स्वागत मन्तव्य राख्दै पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले नगरसभा नगर विकासका नीति, योजना र प्राथमिकता निर्धारण गर्ने महत्वपूर्ण थलो भएको बताउनुभयो। उहाँले कठिन परिस्थितिका बाबजुद पनि नगरपालिकाको सेवा प्रवाहलाई निरन्तरता दिन सहयोग गर्ने सबै संघ–संस्था, जनप्रतिनिधि तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

नगरसभाको उद्घाटन गर्दै सभाअध्यक्ष एवं नगरप्रमुख तोयप्रसाद शर्माले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नगरपालिका कार्यालयमा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण नगरपालिकाको अधिकांश कामकाज अस्तव्यस्त भएको बताउनुभयो। उहाँले सो घटनापछि नगरपालिका शून्य अवस्थाबाट सेवा प्रवाह पुनः सुरु गर्नुपरेको उल्लेख गर्नुभयो।

नगरप्रमुख शर्माले आगजनी र तोडफोडबाट भएको भौतिक तथा प्रशासनिक क्षतिका कारण नियमित सेवा प्रवाहमा प्रतिकूल असर परेको र अपेक्षाअनुसार काम गर्न कठिनाइ भएको कुरा नगरसभामा प्रस्तुत प्रतिवेदनमार्फत जानकारी गराउनुभयो। उहाँले देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको सन्दर्भमा जनप्रतिनिधिहरूले जिम्मेवारीपूर्वक हरेक चुनौतीको सामना गर्दै वर्तमान परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरप्रमुख शर्माले आन्दोलनबाट दैनिक सेवा प्रवाहमा परेको असरलाई क्रमशः न्यूनीकरण गर्दै निरन्तरता दिन जनप्रतिनिधि तथा नगरपालिका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो।

नगरसभामा चालू आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्मको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। विवरणअनुसार चालू खर्चतर्फ ८५ करोड ५१ लाख ७९ हजार ०६१ रुपैयाँ र पुँजीगत खर्चतर्फ १६ करोड ७४ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको खर्च भएको जानकारी दिइयो।

यसै अवसरमा जेन–जी आन्दोलनपछिको विषम अवस्थामा नगरपालिकालाई सहयोग गर्ने १५ वटा विभिन्न संघ–संस्था तथा व्यवसायिक फर्मलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। आगजनी र तोडफोडपछि पुनर्वास नगरपालिकाबाट प्रदान हुँदै आएका सेवा अवरुद्ध भएको अवस्थामा ती संघ–संस्थाले स्वस्फूर्त रूपमा फर्निचर, कम्प्युटर, प्रिन्टर, हार्ड डिस्क, प्रोजेक्टर, स्ट्यान्ड पंखा, स्मार्ट बोर्ड तथा १५ प्रकारका अत्यावश्यक औषधि लगायतका सामग्री सहयोग गरेका थिए।

सम्मानित हुने संस्थाहरूमा दाउत निर्माण सेवा, एनएनएसडब्लुए तथा मर्सिकोर नेपाल, हेफर प्रोजेक्ट नेपाल, निड्स नेपाल, भागेश्वर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि, आलोक मल्टिकन्स्ट्रक्सन, आदित्य इन्फोसिस, नेपालीको राष्ट्रिय वहाई समुदाय आध्यात्मिक सभा, सुदूरपश्चिम नेपाली समाज भारत, अलंकार पब्लिक स्कुल, केदारी बिजुली भण्डार, करन काष्ठ तथा फर्निचर उद्योग, दीपेश इम्पोरियम, न्यू पुनर्वास ट्रेडर्स र ग्लोबल फार्मेसी धनगढी लगायत रहेका छन्।

कार्यक्रमको सञ्चालन नगरपालिका योजना प्रमुख शंकर बोगटी तथा फोकल पर्सन ओमनाथ ढकालले गर्नुभएको थियो।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास नगरपालिकाद्वारा हरितालिका तीज २०८२ को अवसरमा नगरप्रमुख तोय प्रसाद शर्माद्वारा शुभकामना सन्देश 

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

ट्रम्पले भारतलाई दिने भनेको एफ-३५ लडाकु विमानका ६ विशेषता

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V