हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कृष्ण बहादुर बुढा भाद्र १३बर्दिया /बर्दियाको बाँसगढीको सामुदायिक पुस्तकालय को सभाहलमा १८ औ पुस्तकालय दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रम को सभा अध्यक्ष सामुदायिक पुस्तकालय स्रोत केन्द्र का अध्यक्ष बलराम भुजेल प्रमुख अतिथी नगर प्रमुख खडका बहादुर खडका , विशेष अतिथि उद्योगवाणिज्य सघ अध्यक्ष बद्री बराल ,अतिथि शिक्षा शाखा बासगढी प्रमुख मनप्रसाद रेग्मी सस्था का पदाधिकारी लगाएत को उपस्थित रहेको थियो । बाँसगढी नगरका ११वटा सामुदायिक तथा सस्थागत मा.वि विधालयका १९ जना विधार्थीको सहभागिता रहेको थियो। भने प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर खडकाले पानस मा बत्ती बालेर कार्यक्रम को उदघाटन गर्नु भएको थियो ।उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर खडकाले पुस्तकालयबाट थुप्रै कुरा सिक्न सकिने विधालयबाट मात्र नभैइ यस्ता सस्था बाट पनि अनौपचारिक किसिमले ज्ञान दिने र काम गरिरहेको र शैक्षिक गुणस्तरका लागी आफु निरन्तर लागेको कुरा समेत बताउनु भयो ।
उक्त कार्यक्रममा प्रथम बाँसगढी युनाइटेड पब्लिक स्कुलकी निशा अधिकारी प्रथम ,द्वितीय ने .रा .मा .बि .बाँसगढीका विबेक परियार ,तृतीय ने. रा. मा. बि लक्ष्मणपुरकि बर्षा तिवारी सान्त्वना जीवनज्योति मा .बि . राझा कि कोशिका गुरुङ भएकी छन ।प्रथम ,द्वितिय ,तृतीय सान्त्वना स्थान प्राप्त गर्न भाइ बैनी लाई नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रम को प्रयोजन सामुदायिक पुस्तकालय बाँसगढी ले गरेको हो ।उक्त कार्यक्रममा बोल्दै सभा अध्यक्ष बलराम भुजेल यस्ता कार्यक्रमले विधार्थी को क्षमता विकास हुने यस सस्थालाई आगामी दिनमा स्थानीय तह प्रदेश र सघ ले पनि सहयोग गर्नु पर्न कुरा बताउनु भयो। तथा सम्पूर्ण सहभागी विधालय र विद्यार्थी भाइ बैनी लाई धन्यवाद दिनुभयो ।उक्त कार्यक्रममा ११ विधालयका १९ जना विधार्थी को सहभागिता जनाएका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V