www.patranepal.com

पपुलर

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

बेलौरीमा नगरपालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठक सम्पन्न

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा मृतक सदस्य परिवारलाई क्रियाखर्च सहयोग

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

समाचार प्रकाशित मिति :

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

रिस देखाउने बालबालिकाका आ-आफ्नै तरिका हुन्छन् । कोही रुन्छन्, कोही धुम्म परेर बस्छन्, भुइँमा लडिबुडी गर्ने, नजिकै भएका व्यक्तिलाई कुट्ने, टोक्ने, सामान फालदिने, खानेकुरा घोप्ट्याउने, आमाको दूध खाइरहेका बेला रिस उठ्दा दूध टोकिदिने समेत गरिरहेका हुन्छन् ।

साँच्चै सानो कुरामा पनि बोली नफुट्दैदेखि बालबालिका निकै रिसाउँछन् ।

 

किन यति धेरे रिसाउँछन् त बालबालिका, यसमा उनीहरूको कस्तो मनोविज्ञानले काम गरेको हुन्छ ?

बालबालिकाको रिस एक स्वाभाविक भावना हो, जुन उनीहरूको भावनात्मक विकासको हिस्सा हो । रिस, वयस्कहरूमा जस्तै, बालबालिकामा पनि विभिन्न कारणले उत्पन्न हुन्छ, तर उनीहरूको रिसको अभिव्यक्ति र व्यवस्थापन प्रायः फरक हुन्छ किनभने उनीहरूको मस्तिष्क र भावनात्मक नियन्त्रण प्रणाली पूर्णरूपमा विकसित भएको हुँदैन।

 

मनोवैज्ञानिक दृष्टिकोणबाट, बालबालिकाको रिसलाई बुझ्न र सम्बोधन गर्न विभिन्न सिद्धान्त र अनुसन्धानहरूले महत्त्वपूर्ण योगदान दिएका छन्।

किन उत्पन्न हुन्छ रिस  ?

रिस एक आधारभूत मानवीय भावना हो, जुन कुनै बाधा, असन्तुष्टि, अन्याय वा अपेक्षा पूरा नहुँदा उत्पन्न हुन्छ । मनोविज्ञानका विज्ञ सिग्मन्ड फ्रायडका अनुसार, रिस एक रक्षा संयन्त्र हो, जसले व्यक्तिलाई तनाव वा असहज परिस्थितिबाट बचाउन काम गर्छ । बालबालिकाको सन्दर्भमा, रिस प्रायः उनीहरूको सीमित संज्ञानात्मक र भावनात्मक क्षमता, वातावरणीय प्रभाव र सामाजिक अन्तरक्रियाबाट उत्पन्न हुन्छ।

निर्णय लिने, भावना नियन्त्रण गर्ने र तार्किक क्षमता हुने मस्तिष्कको भाग ‘प्रिफ्रन्टल कोर्टेक्स’ बालबालिकामा पूर्ण विकसित भएको हुँदैन । प्रिफ्रन्टल कोर्टेक्स किशोर अवस्था सम्म पनि परिपक्क नहुने न्यूरोसाइन्सका अनुसन्धानहरूले देखाएका छन् । त्यसैले, जब बालबालिकालाई रिस उठ्छ, उनीहरूले तत्काल प्रतिक्रिया दिन्छन्, जस्तै-: चिच्याउने, रुने, लड्ने, कुनै वस्तु फाल्ने वा जे भेटिन्छ त्यहीले हान्ने । यो किन हुन्छ भने, उनीहरूमा भावनालाई नियन्त्रण गर्ने वा तार्किक रूपमा विश्लेषण गर्ने क्षमता कम हुन्छ ।

बालबालिका रिसाउनका प्रमुख कारण

१.शारीरिक आवश्यकता पूरा नहुँदा

भोक, थकान, निद्रा नपुगेको अवस्थामा बालबालिकालाई चिडचिडाहट र रिसको अवस्थामा पुर्‍याउँछ। उदाहरणका लागि, साना बालबालिकाहरू भोक लाग्दा वा थकान महसुस गर्दा रुने वा चिच्याउने गर्छन् । यो उनीहरूको मस्तिष्कको अमिग्डालाको सक्रियताले हुन्छ, जसले तनाव र भावनात्मक प्रतिक्रियालाई नियन्त्रण गर्छ ।

२.हार्मोनल परिवर्तन

यो समस्या विशेष गरी किशोरावस्थामा हुन्छ । यो बेला हार्मोनमा हुने परिवर्तनले पनि रिस र चिडचिडाहट बढाउँछ। यो साना बालबालिकामा कम लागू हुन्छ।

३.वंशाणुगत प्रभाव

बच्चामा धेरै रिस उठ्ने स्वभाव हुनुमा वंशाणुगत पनि जिम्मेवार हुने अध्ययनहरूले देखाएका छन् । बाबुआमा वा दुईमध्ये कोही धेरै रिसाउने छ भने, बालबालिकालाई पनि धेरै रिस उठ्ने ती अध्ययनले भनेका छन् । यदि अभिभावकहरूमा रिसको व्यवस्थापन कमजोर छ भने, बालबालिकामा पनि यस्तो व्यवहार देखिन सक्छ।

४.अपेक्षा पूरा नहुनु

धेरैजसो बालबालिका रिसाउन कारण हो, उनीहरूको अपेक्षा पूरा नहुनु । बच्चाले कुनै कुरा माग्छ वा कतै जान ढिपी गर्छ र उसको इच्छा पूरा हुँदैन भने धेरै रिसाउँछ । यो मनोवैज्ञानिक सिद्धान्त ‘फ्रस्ट्रेशन-एग्रेसन हाइपोथेसिस’सँग सम्बन्धित छ, जसले भन्छ कि बाधा वा असफलताले रिस वा आक्रामक व्यवहार निम्त्याउँछ।

५.आत्मसम्मान र नियन्त्रणको अभाव

बालबालिकाले आफूलाई नियन्त्रण गर्न नसकेको वा असहाय महसुस गर्दा रिस उत्पन्न हुन्छ । उदाहरणका लागि, यदि कुनै बच्चालाई गृहकार्य गर्न गाह्रो भयो भने, उसले रिसले किताब फाल्न सक्छ।

६.सिकाइ तथा नक्कल

मनोवैज्ञानिक अल्बर्ट बान्डुराको सामाजिक सिकाइ सिद्धान्त अनुसार, बालबालिकाले वरपरका मानिसहरूको व्यवहारबाट सिक्छन् । यदि अभिभावक वा साथीहरूले रिसलाई आक्रामक रूपमा व्यक्त गर्छन् भने, बालबालिकाले पनि त्यही व्यवहार सिक्छन्।

७.परिवारिक तथा सामाजिक वातावरण

घरको अवस्था तनावपूर्ण छ, अभिभावकको झगडा भइरहन्छ, अभिभावक वा आफू भन्दा ठूला मान्छेले बालबालिकालाई कडा व्यवहार देखाउँछन् भने पनि यसले बालबालिकालाई रिस उठ्ने बनाउन सक्छ । यदि अभिभावकले बारम्बार गाली गर्छन् भने, उनीहरूलाई तनाव दिइरहन्छन्, अपमानित गर्छन् भने त्यसको प्रतिकारमा बालबालिकाले रिस देखाउँछन् । यही क्रम निरन्तर चलिरहँदा बच्चामा धेरै रिसाउन बानी पर्न जान्छ ।

यो कुरा परिवारमा मात्रै नभएर स्कूल तथा टोलछिमेकको वातावरणमा पनि लागू हुन्छ । साथी, शिक्षक वा वरपरका कसैले बच्चालाई सताउने उदाहरणका लागि, यदि कुनै बच्चालाई साथीहरूले जिस्काउँछन् भने, चिड्याउने, सताउने गर्छ भने बालबालिकामा बिद्रोही भावना विकास हुन्छ । उसले, रिस र आक्रामक व्यवहार देखाउन सक्छ।

८.प्रविधिको प्रभाव

टिभी तथा अनलाइनहरूमा हिंस्रक खालका भिडियोहरू हेर्ने, यस खालका गेम खेल्ने बालबालिकामा त्यसको प्रभाव र सिको गरेर धेरै रिसाउने, आक्रामक व्यवहार देखाउने समस्या हुनसक्छ । उत्तेजित भिडियो तथा गेमहरूले बालबालिकाको भावनात्मक नियन्त्रणलाई कमजोर बनाउँछ ।

रिसको मनोवैज्ञानिक सिद्धान्तहरू 

बालबालिकाको रिसलाई बुझ्न विभिन्न मनोवैज्ञानिक सिद्धान्तहरूले सहयोग गर्छन् ।

१. मास्लोको आवश्यकता श्रेणी सिद्धान्त

अमेरिकी मनोवैज्ञानिक अब्राहम मास्लोको सिद्धान्तअनुसार, यदि बालबालिकाको आधारभूत आवश्यकता (खाना, सुरक्षा, माया) पूरा हुँदैन भने, उनीहरूमा रिस वा चिडचिडाहट उत्पन्न हुन्छ। यदि बच्चालाई पर्याप्त माया वा ध्यान प्राप्त हुँदैन भने, उसले रिसाएर ध्यान खिच्ने प्रयास गर्छ।

२.एरिक्सनको मनोसामाजिक विकास सिद्धान्त

जर्मन मनोविश्लेषक एरिक एरिक्सनका अनुसार, बालबालिकाले विभिन्न उमेरमा विभिन्न मनोसामाजिक चुनौतीहरूको सामना गर्छन्। उदाहरणका लागि, २-३ वर्षका बालबालिकाहरू स्वतन्त्रता खोज्छन् । यदि उनीहरूले आफ्नो स्वतन्त्रता प्रयोग गर्न पाउँदैनन् भने, रिस वा जिद्दीपन देखाउँछन् ।

३ पियाजेको संज्ञानात्मक विकास सिद्धान्त

स्वीस स्विस मनोवैज्ञानिक जीन पियाजेको सिद्धान्तअनुसार बालबालिकाको संज्ञानात्मक विकासले उनीहरूको भावनात्मक प्रतिक्रियालाई प्रभावित गर्छ । साना बालबालिकाहरूमा आफूकेन्द्रित सोच हुन्छ, जसले उनीहरूलाई अरूको दृष्टिकोण बुझ्न गाह्रो बनाउँछ। फलस्वरूप, उनीहरू सानो कुरामा पनि रिसाउँछन्।

रिसको प्रभाव

बालबालिकाले रिसलाई विभिन्न तरिकाले व्यक्त गर्छन्,

-हातपात, चीजहरू फाल्ने, वा लात हान्ने।

-चिच्याउने, गाली गर्ने, वा रुने।

-बोल्न बन्द गर्ने, एक्लै बस्ने, वा जिद्दी गर्ने।

रिसको अनियन्त्रित अभिव्यक्तिले बालबालिकाको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र पढाइमासमेत नकारात्मक प्रभाव पार्न सक्छ । पछि यो डिप्रेसन, चिन्ता वा आक्रामक व्यक्तित्वको विकासमा पनि परिणत हुन सक्छ।

रिस व्यवस्थापनका उपाय

-बालबालिकालाई आफ्नो भावना रिस, दु:ख, खुसी पहिचान गर्न र व्यक्त गर्न सिकाउनुपर्छ । उनीहरूको मनमा रहेको कुरा ध्यानपूर्वक सुन्ने, उनीहरूको अवस्थामा गम्भीर हुने र परिस्थितिको बोध गराउने । यदि बालबालिकाले सम्भव नभएका कुरा गर्न भन्छन् भने, किन सम्भव भएन त्यसबारे नम्र तरिकाले बुझाउँदा धेरैजसो बालबालिका कन्भिन्स हुन्छन् ।

-बालबालिकाले रिस देखायो भने आफू नरिसाउने, त्यसलाई सामान्यिकरण गरी रिस शान्त बनाउन भूमिका खेल्ने ।

-अभिभावकले आफ्नो रिसलाई शान्त गर्ने, बालबालिकाको अगाडि रिस नदेदाउने, उनीहरूलाई कडा व्यवहार नगर्ने, समस्या भएमा तार्किक तरिकाले त्यसलाई व्यवस्थापन गरेर बालबालिकालाई सकारात्मक उदाहरण देखाउन सकिन्छ ।

-समाजमा धेरै यस्ता मान्छे हुन्छन्, जो बालबालिकालाई जिस्क्याउने, चिड्याउने, तर्साउने गर्दा रमाइलो मान्छन्, त्यो खालका व्यवहारले बालबालिका धेरै रिसाउन सक्छन् ।

यदी हामीमा त्यो खालको बानी छ भने त्यसलाई त्याग्नु राम्रो । त्यस खालका व्यक्ति छन् भने अभिभावकले त्यसो नगर्ने भनेर सम्झाउनु राम्रो हुन्छ ।

-नियमित दिनचर्या, पर्याप्त निद्रा र स्वस्थ खानाले बालबालिकाको चिडचिडाहट कम गर्छ, जसले रिसाउने भावनामा कमी आउँछ ।

-बालबालिका बुझ्ने उमेरको छ भने उसलाई रिसबाट हुने हानिबारे सम्झाउनु राम्रो हुन्छ । धेरै रिसाउँदा कसरी हानी हुन्छ भन्ने कुरा कुनै प्रसंग वा कथासँग जोडेर पनि सिकाउन सकिन्छ । यसले बालबालिकामा रिस नियन्त्रण गर्नुपर्छ भन्ने भावनाको विकास गराउँछ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V