www.patranepal.com

पपुलर

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

पुनर्वासबाटै जग्गा खरिद–बिक्री सेवा सुरु, सेवाग्राहीमा बढ्यो खुसी

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा पुनः सुनुवाइका लागि पेशीमा चढेको छ।

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

 

कञ्चनपुर — लालझाडी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको ७ दिने योग शिक्षक प्रशिक्षण तथा योग शिविर शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर २कन्ज स्थित अर्चना बाबाको भवनमा सञ्चालन भएको उक्त कार्यक्रम पतञ्जलि योग समिति नेपाल र पतञ्जलि युवा समिति नेपालको सहकार्य तथा नेपाल सरकारसँगको साझेदारीमा आयोजना गरिएको थियो।

समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी योगाश्रीका प्रमुख तथा कार्यक्रमका मुख्य प्रशिक्षक लवदेव मिश्रले सम्पूर्ण प्रशिक्षणको नेतृत्व गर्नुभएको थियो।

सात दिनसम्म सञ्चालन भएको उक्त शिविरमा जनप्रतिनिधि, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, विद्यालय शिक्षक, खेलप्रेमी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत सहभागीहरूलाई योग अभ्यास, स्वस्थ जीवनशैली र रोग प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धी ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षक मिश्रले वर्तमान समयमा अस्वस्थकर खानपान र जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएकाले योग अभ्यास अत्यन्त आवश्यक भएको बताउनुभयो। उहाँका अनुसार योगले शरीरलाई निरोगी, तन्दुरुस्त र मानसिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सार्कीले नियमित योग अभ्यासले मानिसलाई स्वस्थ, अनुशासित र सक्रिय जीवनयापन गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले योगले रोगसँग लड्ने क्षमता वृद्धि गर्नुका साथै कार्यक्षमतामा समेत सुधार ल्याउने धारणा व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रानाले यस्ता स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले योगले व्यक्तिको आत्मविश्वास, मानसिक शान्ति र समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी तथा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो।

उक्त कार्यक्रमले लालझाडी क्षेत्रका नागरिकहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निरोगी जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् ।

सन्ध्याकाली तिज विशेष कार्यक्रम बाँसगढिमा हुने !

सन्ध्याकाली तिज विशेष कार्यक्रम बाँसगढिमा हुने !

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

कञ्चनपुरमा एमालेका युवा–विद्यार्थीबिच छलफल, आन्तरिक एकता र सुदृढीकरणमा जोड

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V