www.patranepal.com

पपुलर

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

समाचार प्रकाशित मिति :

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग

शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

पुनर्वास, कञ्चनपुर ।

पुनर्वास नगरपालिकालाई नेपालको राष्ट्रिय बहाई समुदायको राष्ट्रिय आध्यात्मिक सभाको नेतृत्वमा आवश्यक सामग्री सहयोग हस्तान्तरण गरिएको छ। बहाईका राष्ट्रिय आध्यात्मिक सभाका उपाध्यक्ष सोमनाथ रानाको नेतृत्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाको कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीहरू प्रदान गरिएको हो।

पुनर्वास नगरपालिका–नगर कार्यपालिकाको कार्यालयका अनुसार २०८२ साल भदौ २३/२४ गते जेन–जी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीबाट भौतिक क्षति पुगेपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको थियो। सोही कठिन परिस्थितिमा बहाई समुदायबाट प्राप्त सहयोगले नगरपालिकाको दैनिक प्रशासनिक कार्य सञ्चालनमा सहजता पुगेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले प्राप्त गरेको सामग्रीमा डेल आई–५ डेस्कटप कम्प्युटर (१४औँ पुस्ता, ८/५१२ जीबी) एक सेट, क्यानन एलबीपी–६०३० प्रिन्टर एक थान तथा एक थान टेबल रहेका छन्। नगरपालिकाले यी सामग्रीहरू आवश्यक कार्यमा प्रयोग भइरहेको जनाउँदै सहयोगप्रति बहाई समुदायलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बहाईका राष्ट्रिय आध्यात्मिक सभाका उपाध्यक्ष सोमनाथ राना तथा नेपालका बहाईहरूको सहायक मण्डल सदस्य रामसाय रानाको संयुक्त उपस्थिति रहेको थियो। साथै सामाजिक व्यक्तित्व तथा समाजसेवी यमप्रसाद पौडेललगायत नगरपालिकाका विभिन्न कर्मचारीहरूको सहभागिता पनि रहेको थियो।

बहाई समुदाय विगत लामो समयदेखि नेपालमा शिक्षा, स्वास्थ्य, नैतिक विकास तथा सामाजिक एकताको क्षेत्रमा सक्रिय रहँदै आएको छ। समुदायले बालबालिका तथा युवाका लागि नैतिक शिक्षा, स्वास्थ्य सचेतना अभिवृद्धि, महिला सशक्तीकरण तथा सामाजिक सद्भाव प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समुदाय सुधार र समाज रूपान्तरणलाई केन्द्रमा राख्दै बहाई समुदायले स्थानीय तहसँग सहकार्य गर्दै निरन्तर योगदान पुर्‍याउँदै आएको बताइएको छ।

सहायक मण्डल सदस्य रामसाय रानाले बहाई समुदायको मूल उद्देश्य समाजमा सेवा, एकता र शान्तिको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढ भए मात्र दिगो समुदाय निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, उपाध्यक्ष सोमनाथ रानाले कठिन समयमा स्थानीय सरकारसँग हातेमालो गर्दै सहयोग गर्न पाउनु बहाई समुदायका लागि गौरवको विषय भएको बताउनुभयो।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माद्वारा हस्ताक्षरित धन्यवाद पत्रमार्फत बहाई समुदायको सहयोगले नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। नगरपालिकाले भविष्यमा पनि यस्ता सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै समुदाय विकासका कार्यक्रमहरू अघि बढाउने जनाएको छ।

शिक्षा, स्वास्थ्य, नैतिक, आध्यात्मिक तथा असल र समुन्नत समाज निर्माणमा बहाई समुदायको दीर्घकालीन योगदान निरन्तर रहने उपाध्यक्ष सोमनाथ रानाले स्पष्ट पार्नुभएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, नविन शर्मा कोषाध्यक्षमा निर्वाचित

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

बाघको आक्रमणबाट पुनर्वासमा एक जनाको मृत्यु

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V