www.patranepal.com

पपुलर

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने 

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको आयोजनामा एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा अभियानका केन्द्रीय तथा प्रदेशस्तरीय पदाधिकारी, प्रतिनिधि र अभियन्ताहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा केन्द्रीय सचिव आदरणीय दीपक शिलालज्यू, केन्द्रीय सदस्य तथा दिल्ली राज्य इन्चार्ज आदरणीय महेन्द्र बं. सार्की दिल्ली राज्य अध्यक्ष आदरणीय मोहन शिलाल, दिल्ली राज्य उपाध्यक्ष आदरणीय अनिल नेपाली, दिल्ली राज्य आर्थिक विभाग प्रमुख आदरणीय नरेश नेपाली तथा सल्लाहकार आदरणीय शेरबहादुर सार्की लगायत अन्य अभियानकर्मी तथा अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिङ ऐरी सहभागी हुनु भएको थियो। त्यसैगरी लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, बेलौरी नगरपालिकाका निमित्त प्रशासन शाखा अधिकृत झपीराज ओझा, इन्जिनियर शाखाका शाखा प्रमुख जगदीश जोशी, शिक्षा शाखाका कम्प्युटर अपरेटर अशोक पाण्डे तथा अनलाइन टेलिभिजनका जिल्ला कञ्चनपुर उपाध्यक्ष एवं पत्रकार लालबहादुर एसके लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा भारत प्रवासमा रहेका नेपाली नागरिकहरूले भारतमा बसोबास गर्ने क्रममा तथा नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्दा भोग्नुपरेका विविध समस्या, चुनौती र कठिनाइबारे आफ्ना अनुभव तथा सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख जोगराम चौधरीले प्रवासी नेपाली दलित समुदायले भोग्दै आएका समस्यालाई गम्भीरतापूर्वक लिइएको बताउँदै कूटनीतिक पहलमार्फत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसम्म यस विषयमा कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अभियानको उद्देश्यको प्रशंसा गर्दै सफलताको शुभकामना पनि दिनुभयो।

कार्यक्रममा उपस्थित सबै वक्ताहरूले आ–आफ्नो जिम्मेवारी र भूमिकाअनुसार मन्तव्य राख्दै दलित समुदायको हक, अधिकार, एकता र सशक्तीकरणका लागि अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

प्रदेशका जनप्रतिनिधिले हरेक कुराका लागि केन्द्रतिर फर्किने स्थिति भयो : पाण्डे

नेपाल सरकार स्वास्थ बिमा बोर्ड र बाँसगढी नगर बिच सम्झौतामा हस्ताक्षर भएको छ !

नेपाल सरकार स्वास्थ बिमा बोर्ड र बाँसगढी नगर बिच सम्झौतामा हस्ताक्षर भएको छ !

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ :  अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री पौडेल

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V