www.patranepal.com

Edit Template
ताजा समाचार

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

समाचार प्रकाशित मिति :

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

कञ्चनपुरको पुनर्वासमा न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ संस्करणको “द फोर्स कप” खुला फुटबल प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम न्यु वीरेन्द्र युवा क्लबका अध्यक्ष कान्छा लामा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

विशिष्ट अतिथिका रूपमा पुनर्वास उपशाखा रेडक्रस सोसाइटीका सभापति कृष्णबहादुर तामाङ, अतिथिहरूमा जनशक्ति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक बहादुर तामाङ तथा इलाका प्रहरी कार्यालय पुनर्वास इलाका प्रहरी कार्यालय त्रिभुवबस्ती का प्रहरी प्रमुख लोकेन्द्रबहादुर कार्कीको उपस्थिति रहेको थियो। साथै बुद्धिजीवी, समाजसेवी, पत्रकार, खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख शर्माले विगत पाँच वर्षदेखि मर्यादित र अनुशासित ढंगले प्रतियोगिता आयोजना गर्दै आएको न्यु वीरेन्द्र युवा क्लबको प्रशंसा गर्दै यस प्रतियोगिताले क्षेत्रका लुकेका खेल प्रतिभालाई नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रस्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले प्रतियोगिताको सफलताका लागि शुभकामना दिँदै सहयोग गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि कृष्णबहादुर तामाङले प्रतियोगिता सभ्य र अनुशासित ढंगले सम्पन्न हुने विश्वास व्यक्त गर्दै सहभागी सम्पूर्ण खेलाडी तथा आयोजक टिमलाई शुभकामना दिनुभयो।

त्यसैगरी अतिथि शुकबहादुर तामाङले बाहिरबाट आउने खेलाडीहरूलाई आफ्नै घरआँगनमा आएको अनुभूति दिलाउँदै मर्यादापूर्ण व्यवहार गरिने विश्वास व्यक्त गर्नुभयो। इलाका प्रहरी कार्यालयका प्रमुख लोकेन्द्रबहादुर कार्कीले शान्ति र सुरक्षाको प्रत्याभूति गर्दै खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्नुभयो।

उद्घाटन समारोहपछि भेट्रान (Veteran) मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो। खेलमा पूर्णवास–३ राम युवा क्लबको भेट्रान टिमले आयोजक न्यु वीरेन्द्र युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।

क्लबका अध्यक्ष कान्छा लामा तामाङका अनुसार प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ। माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।

न्यु वीरेन्द्र युवा क्लबका पूर्व खेलाडी तथा संरक्षक बुद्धिबहादुर तामाङले प्रतियोगिताले भाइचारा, भेटघाट र स्वास्थ्यका लागि महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै सबै पक्षबाट सहयोग गर्न अपिल गर्नुभयो।

“विकास, गतिशीलता र अनुशासन” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताले पुनर्वास क्षेत्रमा फुटबलको छुट्टै पहिचान बनाउँदै आएको आयोजकको विश्वास छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

५८ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने लाई सम्मान

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, नविन शर्मा कोषाध्यक्षमा निर्वाचित

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V