हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
३ फागुन, काठमाडौं । इजरायल-हमास युद्धविराम सम्झौता तोडिने आशंकाका बीच इजरायलले केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। यसअघि हमासले पनि तीन जना बन्धकहरूलाई छोडेको थियो।
बीबीसीका अनुसार शनिबार रिहा गरिएका कैयौं बन्दीहरूलाई रेडक्रसको बसमार्फत रामल्लाह लगिएको छ।
रामल्लाहमा ती बन्दीहरूको परिवार र धेरै सर्वसाधारणको उपस्थिति रहेको थियो। यस क्रममा मानिसहरू एक अर्कालाई अँगालो हाल्दै खुसीयाली मनाइरहेका थिए।
केही समयअघि मात्र हमासले अलेक्जेन्डर ट्रौफानोभ, येर हर्न, र सागुई डेकेल-चेनलाई रिहा गरेको थियो।
हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो।
आफ्ना अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए ।
यसअघि हमासले इजरायलमाथि युद्धविराम सम्झौताका सर्तहरूको उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धकहरूको रिहाइ रोकिरहेको बताएको थियो।
हमासको यो भनाइपछि इजरायलले यसलाई युद्धविराम सम्झौताका शर्तहरूको पूर्ण उल्लङ्घन भनेको थियो।
गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।
हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकूलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो ।
तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोस्टर बोकेका थिए।
यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रूसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए ।
इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ ।
सम्झौता असफल हुने सङ्घारमा पुगेपछि हमासका एक अधिकारीले युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा हुने अपेक्षा गरिएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V