www.patranepal.com

पपुलर

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ — साँझ ५ बजेसम्मको अन्तिम मतदान अपडेट

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

बेलौरीमा एकै राति मन्दिरका घण्टी चोरी, धार्मिक आस्थामाथि गम्भीर प्रहार

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप सुरु

समाचार प्रकाशित मिति :

पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप सुरु

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप सुरु ।।

कञ्चनपुर, १५ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप २०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठान, काठमाडौँको मुख्य प्रायोजनमा अरनिको खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको औपचारिक उद्घाटन स्व. प्रकाश दाहालकी पत्नी तथा नेपाल सरकारकी पूर्व खानेपानी मन्त्री बिना मगरले गर्नुभएको हो ।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले खेलकुद युवाको शारीरिक, मानसिक र नैतिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै समाजमा अनुशासन, एकता र सकारात्मक ऊर्जा फैलाउने बताउनुभयो । स्व. प्रकाश दाहालको स्मृतिमा निरन्तर आयोजना हुँदै आएको अरनिको सैनिक कपले युवालाई खेलमार्फत राष्ट्रप्रति जिम्मेवार बनाउने काम गरिरहेको उहाँको भनाइ थियो ।

उद्घाटन समारोहमा जिल्ला फुटबल संघ कञ्चनपुरका उपाध्यक्ष दाउत तामाङले खेलकुदको विकासमा पुनर्वासले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । जिल्ला फुटबल संघ कञ्चनपुरले यस्ता प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले खेलकुदले युवालाई कुलतबाट जोगाउने र सकारात्मक बाटोमा हिँडाउन सहयोग गर्ने बताउनुभयो ।

अरनिको खेलकुद विकास समितिका अध्यक्ष सूर्य तामाङका अनुसार प्रतियोगितामा विभिन्न ठाउँबाट आएका १५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता पुस २३ गतेसम्म सञ्चालन हुनेछ । उहाँले प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै भविष्यका सम्भावनाशील खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आज सम्पन्न खेलमा पुनर्वास ३ सेतोले वीरेन्द्र बाभ्रो क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको उत्तरार्धमा १४ नम्बर जर्सीका खेलाडी सुवास सिंह ठकुरीले निर्णायक गोल गर्दै पुनर्वास ३ सेतोलाई जित दिलाएका हुन् । खेलभरि दुवै टिमले आक्रामक प्रदर्शन गरे पनि अन्ततः पुनर्वास ३ सेतोले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिताअन्तर्गत भोलि मध्यान्ह १२ बजे अरनिको युवा क्लब (हरियो) र हिमाल फ्रेण्डसबीच प्रतिस्पर्धा हुने छ भने दिउँसो ३ बजे सिदार्थ युवा क्लब (रातो) र सिंहपाल बेलौरीबीच खेल हुने आयोजक समितिका सचिव जीवन तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले रु.२ लाख ६१ हजार र दोस्रो हुने टिमले रु. १ लाख २६ हजार पुरस्कार पाउने बताइएको छ । साथै अन्य विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिने छ ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, खेलाडी, प्रशिक्षक, प्रायोजक, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले प्रतियोगिता निष्पक्ष, अनुशासित र खेलभावनाअनुसार सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ । स्व. प्रकाश दाहालको स्मृतिमा आयोजना हुँदै आएको अरनिको सैनिक कपले पुनर्वास क्षेत्रलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्थानीयको विश्वास छ । प्रतियोगिताले खेलकुदमार्फत युवामा आत्मविश्वास, नेतृत्व र एकताको भावना विकास गर्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

विद्यालय शिक्षा विधेयक : बढुवामा ९० अंक नराख्न कांग्रेसको नयाँ प्रस्ताव

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु

पुनर्वास पनि धान खरिदको काँटा शुभरम्भ- मन्त्री वीरबहादुर थापाद्वारा किसानका हकहितमा सरकार प्रतिबद्ध ।

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V