www.patranepal.com

Edit Template
ताजा समाचार

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

समाचार प्रकाशित मिति :

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

बाँके, कोहलपुर ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय श्रीपुर कोहलपुरले आफ्ना सदस्य तथा अभिभावकको असामयिक निधनमा बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।

संस्थाले केन्द्र नं. ५३१९२ की सदस्य श्रीमती कलामती थारुका श्रीमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ। सोही क्रममा थारुले उपभोग गरेको रु. ५०,००० बराबरको कर्जा बीमा दाबी भुक्तानीवापत सोही बराबरको रकम सदस्यलाई हस्तान्तरण गरिएको हो।

त्यसैगरी, केन्द्र नं. ५३०८४ की सदस्य श्रीमती प्रतिमाकुमारी शाहीको असामयिक निधनप्रति समेत श्रद्धाञ्जली अर्पण गर्दै संवेदना प्रकट गरिएको छ। उहाँले उपभोग गरेको रु. २,५०,००० कर्जा तथा क्रियाविधि खर्चवापत अतिरिक्त रु. २५,००० सहित जम्मा रु. २,७५,००० उहाँका मानलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

संस्थाले बीमा दाबी रकम हस्तान्तरणलाई सदस्यहरूको सुरक्षा र राहतसँग जोड्दै “सुख र समृद्धिको आधार सबैको लागि स्वरोजगार” भन्ने नाराका साथ निरन्तर सदस्यमैत्री वित्तीय सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

शाखा प्रमुख भुवन भट्टका अनुसार संस्थाले हालसम्म विभिन्न समुदायमा पुगेर जनचेतना कार्यक्रम, सीपमूलक तालिम तथा किसानले गरेको आम्दानीलाई सही सदुपयोग गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। उहाँले सदस्यहरूको प्रत्येक रुपैयाँको बचतलाई सुरक्षित राख्दै आवश्यक परेमा राहत र सहयोगका कार्यक्रममार्फत संस्थाले जिम्मेवारी पूरा गर्दै आएको स्पष्ट गर्नुभयो।

भट्ट यसअघि सुदूरपश्चिम प्रदेश, कञ्चनपुरको पुनर्वास नगरपालिका शाखा प्रमुखको जिम्मेवारीमा रहनुभएका थिए। पुनर्वासमा रहँदा उहाँले जनताको हितमा, किसानहरूको आम्दानीको सही सदुपयोगमा र बचत–कर्जामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। त्यहाँका जनताले आज पनि उहाँको कार्यशैलीलाई सम्झिराखेको र भट्टजस्ता जिम्मेवार शाखा प्रमुख आवश्यकता रहेको धारणा राख्दै आएको सदस्यहरूले बताएका छन्।

कोहलपुर शाखाका एक सदस्यका अनुसार बीमा रकम तथा काजक्रिया खर्चमा समेत शाखा प्रमुख भुवन भट्टले तत्काल उपलब्ध गराई महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

 

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V