www.patranepal.com

पपुलर

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बेलौरीमा एकै राति मन्दिरका घण्टी चोरी, धार्मिक आस्थामाथि गम्भीर प्रहार

पुनर्वासमा भर्खरै भायनक दुर्घटना  Breaking News 

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

समाचार प्रकाशित मिति :

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

प्रदिप राना /बेलडाँडी, कञ्चनपुर – श्रावण/३०/२०८२

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी पालिका मुकाम जोड्ने सडक सालका रुखले भरिभराउ थियो । बस्ती विस्तारका क्रममा झण्डै पाँच दशक अघि जंगल काटेर बेलडाँडीमा सट्टाभर्ना दिईएको थियो । उति बेलादेखि बेलडाँडी गाँउपालिका सहित मुल दुई बजार जोडने बेलडाँडी–चवन्नी सडक खण्डमा सालका बुढा रुख भरिभराउ थिए । विच सडकमा सालका रुख हटाउन कानुनी प्रकृया झन्झटले अधिल्लो स्थानीय सरकाले रुख नहटाएरै कालोपत्रे ग¥यो । तर, अहिले हरिशचन्द्र राना नेतृत्वको स्थानीय सरकारले सडकका रहेका रुख हटाएरै सडक विस्तारको योजना ल्याएको छ ।

बेलडाँडी गाविस, नगरपालिका र अहिले गाँउपालिकामा परिणत भएपछि मात्रै सडकका रुख हटाउने काम भएको हो । पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईएको छ । विच सडकमा रुख हुुँदा पैदल यात्रुदेखि ठुला सवारी साधनलाई आवतजावतमा समस्या खेप्नु परेको थियो ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले गाँउपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सडकमा पर्ने रुख हटाई सहयोगका लागि पत्राचार गरेपछि निकुञ्जले काट्ने अनुमती दिएको बताए । २८जेठ ०८२ बेलडाँडी गाँउपालिका एव विपद व्यवस्थापन समितिले बेलडाँडी बजारदेखि चवन्नी बजारसम्म सडकमा पर्ने जोखिमयुक्त ८रुख हटाउनका लागि दिएकोे निवेदनका आधारमा निकुञ्ज प्रशासनले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरको संयोजकत्वमा गठित समितिले १५साउन ०८२को निर्णय अनुरुप जोखिमयुक्त रुख हटाउने निर्णयसंगै सडकमा रहेका रुख हटाउन लागेको बताए । पालिकाले पटक–पटक विभागमार्फत सम्बन्धित निकायलाई कटानीका लागि सिफारिस गर्दै आएको थियो ।

पालिका प्रमुख रानाले निरन्तर ताकेता गर्दै वन नियमावली ०७९ को नियम ३६ बमोजिम “उपयुक्त देखिएको” र नियम ३७(१) अनुसार अनुमति प्राप्त गराई, अनुगमन तथा मूल्यांकन समितिबाट स्थलगत निरीक्षण गराई कार्य अगाडि बढाएका हुन् । रुख कटानी गरी बेलडाँडी इलाका प्रहरी वा बेलडाँडी रेञ्जर पोष्टको जिम्मामा राखिने भएको छ । विच सडकमा रहेका रुख हटाएसंगै नागरिक सुरक्षामा टेवा पुग्ने स्थानीयको भनाई छ । स्थानीय युवा प्रकाश मालीले बषौँपछि सडकमा रहेका रुख हटाउने कामबाट विकाससंगै यात्रु सुरक्षामा विश्वास बढिरहेको बताए ।

यो त हामीहरुका लागि राहत हो, अब सडकमा हिंड्दा वा गाडीमा यात्रा गर्दा डर गर्नु पर्ने छैन, ‘उनले भने, ‘यस कदमलाई स्थानीयबासीले पालिका प्रमुख रानाको जनहितमा गरिएको अथक प्रयासको जितका रूपमा लिएका छन ।’ सडकमा रहेका रुख हटाएसंगै सडक स्तरोन्नती गरिने गाँउपालिकाले जनाएको छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

वडा सदस्य लागुऔषधसहित पक्राउ

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !     

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !    

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V