www.patranepal.com

पपुलर

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

नेपाली कांग्रेस पुनर्वासको सभापतिमा खगेन्द्र ओझा सर्वसम्मत

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासका शिक्षा अधिकृत भक्तबहादुर रोकायालाई विदाइ, नगर प्रमुखले ढाका टोपी लगाएर भने– ‘फेरि भेटौँला’

समाचार प्रकाशित मिति :

पुनर्वासका शिक्षा अधिकृत भक्तबहादुर रोकायालाई विदाइ, नगर प्रमुखले ढाका टोपी लगाएर भने– ‘फेरि भेटौँला’

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास, कञ्चनपुर । पुनर्वास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत भक्तबहादुर रोकायाको विदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम आत्मीय वातावरणमा सम्पन्न भएको छ।

पुनर्वास नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रम शिक्षा शाखा प्रमुख शिवराज भट्टको अध्यक्षता, नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख भुलिया कुमारी रानाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोकाया २०७६ साल फागुन २० गतेदेखि पुनर्वास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा प्राविधिक सहायक पाँचौँ तहका रूपमा कार्यरत रहनुभएको थियो। २०८२ साल असार २४ गतेदेखि शिक्षा अधिकृत छैटौँ तहको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले पुनर्वास नगरपालिकामा करिब ६ वर्ष ६ महिना सेवा गर्नुभएको छ। उहाँको सरुवा गौमुल गाउँ कार्यपालिकाको कार्यालय, बाजुरामा भएको हो।

कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले रोकाया इमानदार, कर्तव्यनिष्ठ र आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध कर्मचारी रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा नगरपालिकालाई अघि बढाउन उहाँले चुस्तदुरुस्त ढंगले कार्यसम्पादन गर्दै महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै नगर प्रमुख शर्माले नियमित सरुवा तथा बढुवा प्रक्रियाअन्तर्गत एक असल कर्मचारी नगरपालिकाबाट विदा हुँदा आफूलाई दुःख लागेको बताउनुभयो।

नगर प्रमुख शर्माले रोकायाको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिँदै उहाँलाई नेपाली ढाकाको टोपी पहिराएर सम्मानसहित विदाइ गर्नुभयो।

त्यस्तै, नगर उपप्रमुख भुलिया कुमारी रानाले रोकायाले पुनर्वासमा रहँदा आफ्नो काम, कर्तव्य र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो। कार्यसम्पादनबाट छुट्टै पहिचान बनाउन सफल कर्मचारीका रूपमा उहाँको प्रशंसा गर्दै उपप्रमुख रानाले आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले रोकायालाई खादा लगाएर सम्मान गर्दै विदाइ गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा शिक्षा शाखा प्रमुख शिवराज भट्टले सरुवा तथा बढुवा कर्मचारीको नियमित प्रक्रिया भए पनि रोकायाले शिक्षा शाखामा पुर्‍याएको योगदान लामो समयसम्म स्मरणीय रहने बताउनुभयो। पुनर्वासमा रहँदा उहाँले निर्वाह गरेको जिम्मेवारी र प्रदान गरेको सेवाका लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिनुभयो।

कार्यक्रमको सञ्चालन गर्दै पुनर्वास नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टले रोकायासँग सहकर्मीका रूपमा काम गर्दाका विभिन्न अनुभव तथा कार्यसम्पादनका क्रममा भएका तिता–मिठा क्षणहरू स्मरण गर्नुभयो। सहकार्यका क्रममा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरूलाई उल्लेख गर्दै सूचना अधिकृत भट्टले उहाँको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामनासहित आफ्नो भनाइ टुङ्ग्याउनुभयो।

विदाइ कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख इन्जिनियर भानसिंह धामी, स्वास्थ्य शाखाका रामबहादुर धामी, विपद् शाखा प्रमुख ओमनाथ ढकाल, योजना शाखा प्रमुख शंकर बोगटी, कृषि शाखा प्रमुख ललिता चौधरी लगायत विभिन्न शाखा तथा जिम्मेवारीमा कार्यरत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

करिब ६ वर्ष ६ महिना पुनर्वास नगरपालिकामा सेवा गरेपछि नयाँ जिम्मेवारीका लागि बाजुरा जान लाग्नुभएका रोकायालाई जनप्रतिनिधि तथा सहकर्मी कर्मचारीहरूले आगामी कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्दै आत्मीयतापूर्वक ‘फेरि भेटौँला’ भन्दै विदाइ गरेका थिए।

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वासका शिक्षा अधिकृत भक्तबहादुर रोकायालाई विदाइ, नगर प्रमुखले ढाका टोपी लगाएर भने– ‘फेरि भेटौँला’

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

पुनर्वासमा वर्ड फ्लू रोग नियन्त्रणसम्बन्धी एक दिने जनसचेतना कार्यक्रम सम्पन्न

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V