www.patranepal.com

पपुलर

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

समाचार प्रकाशित मिति :

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

धनगढी,२८ श्रावण। सुदूर पश्चिम सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा धनगढीमा लामो समयदेखि साइकलमा तरकारी बेचिरहेका २४ जना एकल महिला र थप ६ जना विपन्न गरी ३० जनालाई सम्मान गरिएको हो । कृषि ज्ञान केन्द्र कैलालीले उनीहरुको परिचय पत्र पनि बनाइ दिएको छ ।

सम्मानित हुने ३० जना किसानलाई एक एक थान साइकल,डिजिटल तराजु,क्रेट र रबर निशुल्क उपलब्ध गराइएको हो । उक्त सम्मान कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले समाजमा ठूला किसानले मात्रै अनुदान वा अन्य सुविधा पाउँछन भन्ने भ्रम चिर्न भुइतहका किसानलाई पनि सम्मान गरिएको बताए । मन्त्रीले थापाले अहिले यो सम्मान र सामाग्री सामान्य जस्तै लागेपनि यदि उहाँहरु सबैले राम्रो गर्दै गए सिचाईका लागि मोटर,मलखाद,बीउविजन र तरकारी ढुवानीका लागि अटो रिक्सा समेत प्रदान गर्ने बताएका छन । मन्त्री थापाले हामीले हाम्रो समाजमा समानता ल्याउने हो भने तल्लो स्तरमा रहेका किसानहरुको जिवन स्तरमा सुधार ल्याउनुपर्ने पनि बताएका छन ।

निशुल्क साइकल,डिजिटल तराजु,क्रेट र रबर प्राप्त गरेपछि धनगढीकी प्रिया चौधरीले खुशी व्यक्त गर्दै भनिन हामीलाई पनि कस्ले सहयोग गर्ला र केहि बुझेकै छैनौ लागेको थियो कृषि ज्ञान केन्द्र कैलालीले धेरै राम्रो काम गरिदियो खुशीको सिमा नै छैन ।त्यस्तै कृषि ज्ञान केन्द्र कैलालीका कार्यालय प्रमुख टेक बहादुर बिस्टले मन्त्रालयबाट निर्देशन आए बमोजिम नै आफूले काम गर्दै आएको भन्दै किसानलाई आवश्यक पर्ने सेवा दिन कृषि ज्ञान केन्द्र कैलाली तत्पर रहेको बताए । उनले किसानलाई सम्मान गरे समाजमा राम्रो सन्देश जाओस भनेर आफूहरुले यो कार्यक्रममको आयोजना गरेको भन्दै आगामी दिनमा थप अरु किसानलाई आवश्यकता अनुसार कृषि उपकरण प्रदान गरिने बताए ।कृषि ज्ञान केन्द्र कैलालीको सभाहलमा आयोजना गरिउको उक्त किसान सम्मान कार्यक्रमको अध्यक्षता कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर बिस्टले गरेका थिए भने प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा रहेका थिए । उक्त सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका अग्रज कृषक तथा व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक कृषि प्रसार अधिकृत दुर्गा प्रसाद ओझाले गरेका थिए ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वासमा शिक्षक महासंघको दुई घण्टा धर्ना, ज्ञापनपत्र बुझाइयो

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

आठौँ नगस्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न 

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

महाकाली साहित्य संगमद्वारा गौरा महोत्सवको भव्य उद्घाटन

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V