हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुरको पुनर्वास नगरपालिका–७, ८ र ९ वडाअन्तर्गत सञ्चालित जनजागरण सामुदायिक वन उपभोक्ता समूहको २६औँ वार्षिक साधारणसभा सोमबार विभिन्न कार्यक्रमसहित संस्थाको कार्यालय परिसरमा सम्पन्न भएको छ।
साधारणसभामा समूहकी कोषाध्यक्ष शर्मिला सुनारले आर्थिक वर्ष ०८१/०८२ को असार मसान्तसम्मको आय–व्यय विवरण प्रस्तुत गर्दै कुल २६ लाख ६६ हजार ४५३ रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो।वनको क्षेत्रफल र वृक्षरोपण अवस्था ४ हजार २ सय उपभोक्ता सदस्य आबद्ध जनजागरण सामुदायिक वनको क्षेत्रफल २६७ हेक्टर रहेको छ। वन क्षेत्रमा परम्परागत सालका रूखबाहेक१ लाख ५४ हजार २९० थान युकलिप्टस२ हजार ३२५ थान सिसम२० हजार ५०० थान डालेघाँस४हजार २५० थान बाँस९५० थान सिसै१ हजार ५०० थान टिक२ हजार थान बकाइनो१ हजार थान खयर१० हजार थान जामुन लगायतका बिरुवा रोपिएको जानकारी दिइएको छ।
नगरप्रमुख शर्माः वन संरक्षण सबै नागरिकको जिम्मेवारी कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले जनजागरण सामुदायिक वन स्थापनाकालदेखि संरक्षणमा निरन्तर खटिएका वन उपभोक्ता र पदाधिकारीहरूको खुलेर प्रशंसा गर्नुभयो।उहाँले भन्नुभयो,
“जनजागरण सामुदायिक वन केवल हरियाली मात्र होइन, पुनर्वासको पहिचान र भविष्य हो। यसलाई अब बहुपयोगी वन विकास कार्यक्रमका रूपमा अघि बढाउन आवश्यक छ। राम्रो काम गर्ने समितिलाई प्रोत्साहन र कमजोरी भए उपभोक्ताले जिम्मेवार नागरिकका रूपमा सुझाव तथा खबरदारी गर्नुपर्छ।”
नगरप्रमुख शर्माले वन क्षेत्रमा हुने चोरी–तस्करी, अवैध कटानी र आगलागी नियन्त्रण वन समितिको मात्र नभई सबै उपभोक्ताको साझा नैतिक दायित्व भएको उल्लेख गर्नुभयो। वन जोगाउनु आजको पुस्ताको मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी पनि भएको उहाँको भनाइ थियो।
वन अधिकृत यादवः जनसहभागिता बिना संरक्षण असम्भव कार्यक्रमका विशिष्ट अतिथि तथा कुण्डा सब–डिभिजन वन कार्यालयका अधिकृत दिनेश कुमार यादवले वनसम्बन्धी नीति–नियम, सामुदायिक वन ऐन र संरक्षणका सिद्धान्तबारे प्रष्ट पार्नुभयो।उहाँले भन्नुभयो,
“वन समितिको मात्र प्रयासले दिगो संरक्षण सम्भव हुँदैन। उपभोक्ता स्वयं सक्रिय हुनुपर्छ। टोल–टोलमा जनचेतनामूलक छलफल र अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो।”
वन प्रशासनका तर्फबाट सबै खाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।पूर्व अध्यक्ष तामाङः जनजागरण वन पुनर्वासको मेरुदण्ड वनका संस्थापक तथा पूर्व अध्यक्ष कृष्णबहादुर तामाङले जनजागरण सामुदायिक वन पुनर्वासको विकास र समृद्धिको मेरुदण्डका रूपमा स्थापित हुँदै आएको बताउनुभयो।
पाँच कार्यकाल अध्यक्ष रहिसकेको स्मरण गर्दै उहाँले भन्नुभयो,“वनको संरक्षण र गतिविधिप्रति म सधैं चिन्तित छु। साविक परासन क्षेत्रका नागरिकहरूले वनबाट प्रत्यक्ष लाभ लिँदै आएका छन्, त्यसैले यसको संरक्षण सबैको साझा जिम्मेवारी हो।”
तामाङले बहुप्रतिक्षित भ्यू टावर (भ्यू पार्क) निर्माण योजना कोरोना महामारी र वैज्ञानिक वन अवधारणाका कारण प्रभावित भए पनि हाल आन्तरिक बजेटबाट निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिनुभयो।
अध्यक्ष कार्कीः समुदायको बेवास्ता चिन्ताजनकसंस्थाका अध्यक्ष लोकबहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुदायका केही सदस्यले अझै पनि वनप्रति बेवास्ता गरिरहेको गुनासो गर्नुभयो।उहाँले भन्नुभयो,
“४२ सय घरधुरीमध्ये धेरै उपभोक्ता वनको उपभोग मात्र गर्छन्, तर जिम्मेवारी बहन गर्न पछि पर्छन्। वर्षमा एकपटक हुने साधारणसभामा समेत न्यून उपस्थिति हुनु चिन्ताको विषय हो।”अध्यक्ष कार्कीका अनुसार वन समितिले उपभोक्तालाई आवश्यक पर्दा घाँस, दाउरा र काठ उपलब्ध गराउने, मर्दा–पर्दामा निःशुल्क दाउरा प्रदान गर्ने लगायतका सुविधा निरन्तर दिँदै आएको छ।सामाजिक उत्तरदायित्वका कार्यक्रम चालू आर्थिक वर्षमा जनजागरण सामुदायिक वनलेअग्नि नियन्त्रण कार्यक्रम वन क्षेत्रमा तारबार तथा ट्रेन्च निर्माण वृक्षारोपण रानीवन भ्यू पार्क सरसफाइ ऐतिहासिक प्यारातालमा पर्यटक विश्रामस्थल (गोलघर) निर्माण गरिब, विपन्न महिला तथा बालबालिकाका लागि जीविकोपार्जन सहयोग हात्ती आतंक नियन्त्रण क्यान्सर पीडितलाई सहयोग
सडक नाटक, विद्यालय सुधार तथा जैविक ल्याब निर्माणजस्ता कार्यक्रम सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ।पूर्व कोषाध्यक्ष ऐडीः पुनः सोच आवश्यक वनका पूर्व कोषाध्यक्ष करण ऐडीले अझै पनि धेरै उपभोक्ता वन संरक्षणप्रति जिम्मेवार नदेखिएको बताउँदै पुराना रूख कटानीको तुलनामा नयाँ बिरुवा उत्पादन सन्तोषजनक नभएको धारणा राख्नुभयो। अधूरो भ्यू टावर योजना सम्पन्न गर्न सके पुनर्वासलाई पर्यटनको केन्द्र बनाउन सकिने उहाँको विश्वास थियो।
कार्यक्रम सञ्चालन संस्थाका अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरप्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष कृष्णबहादुर तामाङ, वडा अध्यक्षहरू श्रवण राना, मुलचन्द राना, नरबहादुर बिक, नगरपालिका कार्यपालिका सदस्य बलबहादुर बिक, बागेश्वरी माविका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा, सब–डिभिजन वन अधिकृत दिनेश कुमार यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य सह–सचिव हरि बिकले राख्नुभएको थियो भने सञ्चालन सचिव लालप्रसाद घिमिरेले गर्नुभएको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V