www.patranepal.com

पपुलर

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

समाचार प्रकाशित मिति :

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

कञ्चनपुर पुनर्वास, ५ फागुन

पुनर्वास नगर क्षेत्रमा हरेक वर्ष गर्मीयाम सुरु भएसँगै देखिने लो भोल्टेज समस्यालाई मध्यनजर गर्दै सम्बन्धित निकायले वैकल्पिक व्यवस्था अगाडि बढाएको छ। जनतालाई नियमित तथा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यका साथ नेपाल विद्युत प्राधिकरण अन्तर्गत बेलौरी वितरण केन्द्रले आवश्यक तयारी थालेको हो।

बेलौरी वितरण केन्द्रका कार्यालय प्रमुख हिक्मत बहादुर बिसीले पुनर्वासमा निर्माणाधीन विद्युत् सब–स्टेशनको स्थलगत निरीक्षण गरी हाल रि–टेन्डर प्रक्रियामा रहेका उपकरण जडान नहुँदासम्म अस्थायी उपाय अपनाइने जानकारी दिनुभएको छ। उपकरण खरिद तथा जडान कार्य सम्पन्न नभएसम्म अन्य सब–स्टेशनमा रहेका फिडर तथा ट्रान्सफर्मर ल्याई अस्थायी रूपमा जडान गरिनेछ। सो व्यवस्था अनुसार पुनर्वास सब–स्टेशनबाट ३३ केभिए प्रसारण लाइनमार्फत विद्युत् वितरण प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीका अनुसार यस अस्थायी व्यवस्थाले नगर क्षेत्रका घरधुरी, उद्योग व्यवसाय तथा शैक्षिक संस्थामा देखिँदै आएको लो भोल्टेज समस्या न्यूनीकरण गर्न उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी गर्मीयाममा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न यो कदम प्रभावकारी हुने विश्वास लिइएको छ।

त्यसैगरी रि–टेन्डर प्रक्रियामा रहेका उपकरणहरूको खरिद कार्य शीघ्र सम्पन्न गरी स्थायी रूपमा जडान गरेर दीर्घकालीन समाधानतर्फ अघि बढ्ने तयारीसमेत गरिएको छ। आगामी फागुन महिनाभित्र नयाँ निर्माण सम्पन्न सब–स्टेशन भवनबाट काउन्टरसहित सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको बताइएको छ, जसबाट सेवाग्राहीले सहज र छिटो सेवा पाउनेछन्।

विद्युत् समस्या क्रमिक रूपमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा उद्योग वाणिज्य संघले बेलौरी वितरण केन्द्रप्रति आभार व्यक्त गर्दै जनताको हितलाई केन्द्रमा राखेर समन्वयात्मक रूपमा काम गरिरहने प्रतिबद्धता दोहोर्‍याएको छ।

यस पहलले पुनर्वास क्षेत्रका नागरिकलाई भरपर्दो विद्युत् सेवा उपलब्ध गराउँदै दैनिक जनजीवन, व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

पुनर्वास नगरपालिकाको सामुदायिक विद्यालयमा यसरी सुधार गर्न सकिन्छ

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

नेपाल राष्ट्रिय शिक्षक बर्दियालको तिज विशेष कार्यक्रम सम्म्पन्न !

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V