हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष

डडेल्धुरा जिल्ला, नवदुर्गा गाउँपालिका–७ चौडमा आज भएको जीप दुर्घटनामा सोही पालिका वडा नं. ५ का १८ वर्षीय सुरेश साँवद, २३ वर्षीय सुरेश पार्की, ७२ वर्षीया कलावती साँवद र ४० वर्षीया शिक्षिका तारा अवस्थीको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा घाइते भएका अन्यलाई उपचारका लागि धनगढी पठाइएकोमा त्यही क्रममा ५३ वर्षीय गणेश साँवदको पनि निधन भएको छ।
यसैगरी, कैलाली जिल्ला, गोदावरी नगरपालिका–९ शेहरीस्थित खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–५ तारानगरका सक्षम जोशी, हसनपुरका प्रतिक चौधरी तथा वडा नं. ४ उत्तरवेहडीका दाजुभाइ जव भण्डारी र जावेज भण्डारीको असामयिक मृत्यु भएको छ। नदीमा डुबेका चारै जना बालकको शव स्थानीय प्रहरीको सहयोगमा बाहिर निकालिएको हो।
यी दुःखद घटनाले मृतकका परिवारजन, साथीभाइ तथा सम्पूर्ण समुदायलाई गहिरो शोकमा डुबाएको छ। जीप दुर्घटनामा घाइते भएका अन्य बिरामीहरुको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले बताएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V