हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कञ्चनपुर , कार्तिक २४ गते। सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय वीरबहादुर थापाले किसानको हितका लागि पुनर्वास नगरपालिकामा समेत धान खरिदको कार्य शुभरम्भ गर्नुभएको छ। सोमबारदेखि औपचारिक रूपमा धान खरिद सुरु हुनेगरी पुनर्वास नगरपालिका ६ स्थित किसान जागरण सहकारी संस्थाको । प्राङ्गणमा आयोजित विशेष समारोह का बीच मन्त्री थापाले कार्यक्रमको उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहमा मन्त्री थापाले विगतमा सरकारले किसानका उत्पादनको समर्थन मूल्य तोकेर पनि व्यवसायीहरूले किसानको धान खरिद नगरेको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यस पटक सरकारले तोकेको मूल्यमा नै खरिद कार्य सुरु गर्न लागेको जानकारी दिनुभयो।। उहाँले भन्नुभयो किसानको पसिनाको मूल्य सरकारको प्राथमिकता हो बजारमा मनोमानी गरेर किसानलाई धोका दिन पाइँदैन,
मन्त्री थापाका अनुसार यस वर्ष सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य मोटो धानको लागि रु ३४६३.८१ र मध्यम धानको लागि प्रतिकुण्डल रु ३६२८.३३ कायम गरिएको छ, जसलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लामिछानेले असोज ३१ गते सार्वजनिक सूचना मार्फत घोषणा गर्नुभएको थियो।
त्यस्तै मन्त्री थापाले थप्दै भन्नुभयो ढिलो भएपनि अब वास्तविक किसानहरूको उत्पादन खरिद गरी समयमा रकम भुक्तानी गर्ने व्यवस्था हुन्छ। किसानको हकहितका लागि सरकार दिन रात खटिनेछ। उहाँले किसानको धान समयमा खरिद नभएकै कारण धेरै किसानहरू आर्थिक रूपमा मारमा परेको उल्लेख गर्दै आगामी वर्षदेखि धान खरिद समयमै सुरु हुने र स्थानीय तहसँग सामान्य गरेर किसानको बाली मूल्याङ्कन पनि पहिलै गरिने योजना अघि सर्नुभयो। अहिले धान खरिद ढिलो भएपनि गहुँ चाहिँ समयमा खरिद गरिने छ।।
कार्यक्रमका विशिष्ट अतिथि पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले पनि किसानका हितका विषयमा सरकारलाई अझै सक्रिय हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो किसानको पसिना सुक्नुअघि नै बाली खरिद हुनुपर्ने हो , ढिलाईले किसानलाई ठूलो असर पुर्याउँछ अब यस्तो ढिलाई हुन नदिन सबैले सचेत हुनुपर्छ।
सो अवसरमा सहकारीका अध्यक्ष एवं कार्यक्रमका सभापति परशुराम विश्वकर्माले किसानले लामो प्रतिक्षापछि सरकारको यो पहललाई स्वागत गरेको बताउँदै, ” वास्तविक किसानको हकमा आज गरिएको यो सुभारम्बले सहकारी र सरकारबीचको सहकार्य अझै शुद्ध बनाउनेछ भन्नुभयो।।
त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख दीपक थापाले किसानहरूबाट प्रति किसान ५० क्विन्टलसम्म धान खरिद गर्न सकिने जानकारी दिनुभयो। उहाँले धान बिक्री गर्न आउने किसानहरूले आवश्यक कागजात पूरा गर्नुपर्ने बताउँदै नागरिकता, वडाबाट प्रमाणित किसान परिचय, लालपुर्जाको फोटोकपी र बैंक खाता अनिवार्य हुने स्पष्ट पार्नुभयो।
कार्यक्रममा शाखा कार्यालय महेन्द्रनगरका प्रमुख अरुण यादव प्रादेशिक कार्यालय धनगढीका टेकराज जोशी। सहकारी प्रतिनिधि स्थानीय पत्रकार किसान तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थित रहेको थियो।
समारोहमा सहभागी किसानहरूले सरकारको यो कदमले किसानको मनोबल बढाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले विगतका झैँ ढिलाई नगरी समयमा नै खरिद सम्पन्न गर्न र तोकिएको मूल्यमा भुक्तानी हुने विश्वास व्यक्त गरे। कार्यक्रमको अन्त्यमा मन्त्री थापाले किसानका हक हितका लागि आफू सदैव प्रतिबद्धता रहने र प्रदेश सरकारले कृषि क्षेत्रमा आवश्यक बजेट प्रविधि र अनुदान मार्फत किसानको जीवनस्तर उकास्ने दिशामा अग्रसार रहेको पुन: दोहोराउनु भयो।


कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V