www.patranepal.com

पपुलर

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने 

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

श्री सरस्वती माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

समाचार प्रकाशित मिति :

श्री सरस्वती माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर । लालझाडी गाउँपालिका वडा नम्बर–३ छोटी पर्सिया, कञ्चनपुरमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्यक्रमका सभापति विश्राम चौधरीको अध्यक्षता रहेको थियो भने वडा नम्बर–३ का वडा अध्यक्ष टिकाराम डंगौराको विशिष्ट अतिथि रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि,सामुदायिक वनका पदाधिकारी, अभिभावक, पूर्व विद्यार्थी, पत्रकार, खेलप्रेमी ,समाजसेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै शैक्षिक सत्रमा उच्च अङ्क प्राप्त गर्ने जेहनदार विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरी कार्यक्रम गरिएको थियो।

लालझाडी गाउँपालिकामै सर्वोत्कृष्ट नतिजा हासिल गर्दै एसइई परीक्षामा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थी विजय चौधरीलाई रु ५,००० नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, खेलकुदतर्फ सर्वोत्कृष्ट पाँचवटा गोल्ड मेडल विजेता विद्यार्थी जगदीश चौधरीलाई रु १,००० तथा सबैभन्दा सानो कक्षा ४ मा अध्ययनरत महिमा रानाले १५०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल प्राप्त गरेकामा उनलाई पनि रु १,००० नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपानेले विद्यालयको भौतिक संरचना, विद्यार्थी संख्या, कम्प्युटर, फर्निचर निर्माणलगायतका विषयमा प्रष्ट जानकारी दिनुका साथै विद्यालयको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो। उहाँले विद्यालयको शैक्षिक उन्नयनमा विगतदेखि हालसम्म राजनीतिक नेतृत्व, समाजसेवी, स्थानीय तह, प्रदेश तथा संघीय सरकार, बुद्धिजीवी, खेलप्रेमी, पत्रकार, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।कार्यक्रमको स्वागत मन्तव्य शिक्षक लक्ष्मीप्रसाद सोतीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक धनसराज पन्तले गर्नु भएको थियो।

विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, अभिभावक तथा सम्पूर्ण सहभागीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। विद्यालय क्षेत्रको शैक्षिक विकास, गुणस्तरीय शिक्षा र सर्वाङ्गीण उन्नतिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको थियो।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

पुनर्वास पनि धान खरिदको काँटा शुभरम्भ- मन्त्री वीरबहादुर थापाद्वारा किसानका हकहितमा सरकार प्रतिबद्ध ।

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

नेपाल राष्ट्रिय शिक्षक बर्दियालको तिज विशेष कार्यक्रम सम्म्पन्न !

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V